चैत्र १३, २०८२ शुक्रबार | १९:३७:२२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

माने, सलाहा र केइटाको अनुपस्थितीले टोलीको प्रदर्शनमा असर नगर्ने लिन्डर्सको विश्वास

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका सहायक प्रशिक्षक पेप लिन्डर्सले अफ्रिकन कप अफ नेसन्सका लागि साडियो माने, मोहम्मद सलाहा र नेभी  केइटा राष्ट्रिय टोलीको जिम्मेवारीमा फर्किए पनि त्यसले आफ्नो टोलीको प्रदर्शनमा कुनै असर नगर्ने प्रतिक्रिया दिएका छन् ।

आइतबार चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुल २-० को अग्रता जोगाउन नसक्दा २-२ को बराबरीमा रोकिएको थियो । सो खेलमा भने  सलाहा, माने र केइटा उपस्थित थिए । 

लिभरपुलका लागि माने र सहालाले समान एक गोल गरेका थिए । माटियो कोभासिच र क्रिस्टियन पुलिसिचको गोलमा चेल्सी खेलमा फर्किएको थियो ।

उनीहरु अफ्रिकन कप अफ नेसन्सका लागि आफ्नो सम्बन्धित राष्ट्रिय टोलीमा फर्कन लागेका हुन् ।

यस सिजन लिभरपुलले सबै खाले प्रतियोगिता गरि कुल २९ खेल खेल्दा माने र सलाहाले २६ खेल खेलेका छन् । 

कोभिड १९ संक्रमणका कारण मुख्य प्रशिक्षक योर्गान क्लोप अनुपस्थित रहेपछि लिन्डर्सले चेल्सीविरुद्ध टोलीको प्रशिक्षण सम्हालेका थिए । 

उनले यी तीन खेलाडीविना पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

‘हामी माने, सलाहा र केइटाविरुद्ध पनि बलियो टोली मैदान उतार्छोै,’लिन्डर्सले भने, ‘हामी यसका लागि तयार छौ । हामीलाई टोलीका अन्य खेलाडीप्रति पूर्णरुपमा विश्वास छ ।’

सलाहा इजिप्ट, माने सेनेगल र केइटा ग्युनिया फर्किएका हुन् । खेलाडीमा कोरोना संक्रमण, चोट,टोलीका महत्वपूर्ण तीन सदस्यको अनुपस्थिती र  व्यस्त खेल तालिकाका कारण त्यसले प्रदर्शनमा असर गर्ने अनुमान गरिए पनि लिन्डर्सले भने टोली समस्या नपर्ने बताए ।

लिभरपुलले बिहीबार इङ्लिस लिग कपको सेमिफाइनल पहिलो लेगमा आर्सनलको सामना गर्दैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो