चैत्र ८, २०८२ आइतबार | २०:१४:०४
राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै

पुलिसविरुद्धको जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने निश्चित

काठमार्डौं । सहिद स्मारक लिगमा आइतबार नेपाल पुलिस क्लबविरुद्ध १-० को जित निकालेसँगै मछिन्द्र क्लबले एएफसी कपको प्रारम्भिक चरण खेल्ने निश्चित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई एएफसी कपसम्म पुग्न आजको खेल जित्नै पर्ने दबाब थियो ।

एएफसीको आयोजनामा हुने महाद्वीप स्तरीय प्रतियोगिताका लागि लिग च्याम्पियन छनोट हुने व्यवस्था छ । यद्यपि, सहिद स्मारक लिगको तालिका सार्वजनिक हुने समयसम्म लिग नसकिने भएकाले सातौं चरणपछि शीर्ष स्थानको टोलीले एएफसी कप खेल्ने सहमति भएको हो ।

सोही सहमति बमोजिम मछिन्द्रले एएफसी कपको प्रारम्भिक खेल्ने निश्चित भएको छ । दुई वर्षअघि २०७६ सालमा पहिलो पटक लिग च्याम्पियन बनेको मछिन्द्रले एफसी क्लब लाइसेन्स नपाएका कारण प्रतियोगिता गुमाउनु परेको थियो । र, मछिन्द्रको स्थानमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप खेल्ने मौका पाएको थियो ।

आजको जितसँगै मछिन्द्रले दुई वर्षअघि वञ्चित हुनु परेको प्रतियोगिता फेरि खेल्ने मौका पाएको छ । सातौं चरणपछि शीर्ष स्थानमा बस्नका लागि मनाङले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई शनिबार पोखरा रंगशालामा १-० को नतिजामा पराजित गरेको थियो ।

मनाङको त्यो जितसँगै मछिन्द्र क्लबसामु आजको खेलमा जितको विकल्प थिएन । मछिन्द्रलाई पहिलो पटक एएफसी कपसम्म पुर्याउन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुनिल बलले गरेको एक मात्र गोल पर्याप्त बन्यो ।

सुनिलले २१औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट हेडरमार्फत गरेको प्रहार गोलमा परिणत भएको थियो । मिडफिल्डर विशाल राईले प्रहार गरेको फ्रिकिकलाई सुनिलले ६ यार्ड बक्स अगाडिबाट हेडर प्रहार गरेका थिए ।

त्यो गोलसँगै खेलमा अग्रता बनाएको मछिन्द्रले थप मौका सिर्जना गरे पनि स्कोरमा परिणत गर्न सकेन । पुलिसको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रका विशालले ४३औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको सशक्त प्रहारमा पुलिसका गोलकिपर सत्रुघन चौधरी बाधक बनेका थिए ।

दोस्रो हाफमा पनि विभागीय टोलीमाथि हाबी बनेको मछिन्द्रका मनिष डाँगीले ६८औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार फ्रममा राख्न सकेनने । मनिषले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा नपर्दा मछिन्द्रले अग्रता सुरक्षित गर्ने सुन्दर मौका गुमाएको थियो ।

साविक विजेताविरुद्ध आक्रमणका विरलै मौका बुनेको पुलिसले ७४औं मिनेटमा पेनाल्टी एरिया ठीक अगाडि फ्रिकिक पाएको थियो । मछिन्द्रका एन्द्रेस नियाले पुलिसका सुमन लामामाथि फाउल गरेसँगै पाएसँगै पुलिसले गोलको अवसर पाएको थियो ।

सोही फ्रिकिकमा सुमनले प्रहार गरेको बल पोलमागालेर फर्किएको थियो । विभागीय टोलीमाथि पुनः हाबी बनेको मछिन्द्रका कप्तान सुजल श्रेष्ठले ७८औं मिनेटमा गरेको प्रहार पुलिसका गोलकिपर चौधरीले पञ्च आउट गरिदिएका थिए ।

जितसँगै मछिन्द्रले ७ खेलबाट १७ अंक जोडेर एक अंकको अग्रता कायम राखेको छ । समान खेलबाट १६ अंक जोडेको मनाङको १६ अंक छ । पराजित पुलिसको ६ खेलबाट ६ अंक छ । सात खेलमा एक मात्र जित निकालेको पुलिस दशौं स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो