चैत्र १८, २०८२ बुधबार | १३:१५:१४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

जितको दबाबमा मछिन्द्र

काठमाडौं । गत सिजन सहिद स्मारक ए डिभिजन लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन । 

यस सिजन मच्छिन्द्रले त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब ,एपिएफ क्लबसँगै एएफसी क्लब लाइसेन्स प्राप्त गरेको थियो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी लिगको सातौ चरणको समाप्तीमा शीर्ष स्थानमा बस्ने टोलीले नेपाली लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने जनाइसकेको छ । 

त्यसैले आइतबार सातौ चरणमा नेपाल पुलिस क्लबको सामना गर्दा मछिन्द्र स्पष्ट तीन अंक हात पार्दै शीर्ष स्थानमा फर्कदै एएफसी कप छनोट खेल्न चाहन्छ । 

सात खेलमा शीर्ष स्थानको मनाङको १६ अंक छ । दोस्रो स्थानको मछिन्द्रको १४ अंक छ । त्यसैले एएफसी कप छनोेटका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जितको विकल्प छैन । बराबरी वा हारले मछिन्द्रको एएफसी कप छनोट खेल्ने लक्ष्य यस पटक पनि अधुरो बन्न सक्छ ।

पुलिसविरुद्धको जित हात पारेमा मच्छिन्द्रको १७ अंक हुनेछ । मच्छिन्द्रले एक अंकको अग्रता लिँदै शीर्ष स्थानको टोलीको रुपमा एएफसी कप छनोट खेल्नेछ ।

पुलिस क्लब भने ६ खेलमा ६ अंकसहित १० औं स्थानमा छ । पाँचौ चरणमा मनाङलाई नतिजा सुम्पिएको पुलिस छैटौं चरणमा फ्रेन्डससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो