चैत्र १६, २०८२ सोमबार | १६:२१:०६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

संकटाले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो

काठमाडौं । च्यासल युथ क्लबसँग अंक बाँडेपछि संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

संकटा सात खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथि जित हात पारेको भए संकटा दोस्रो स्थानमा उक्लिने थियो ।  मनाङ सात खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ । 

च्यासल भने सात खेलमा ५ अंकसहित १३औं स्थानमा छ ।

पाँचौ मिनेटमा मैदानको दायाँ भागबाट फोडे फफोना को पासमा उत्तम राईको हेडर च्यासलका डिफेन्डर अभिषेक लिम्बुले गोल लाइनबाट बचाउँदा संकटा अग्रता दिनबाट चुकेको थियो ।    

१० औं मिनेटमा संकटाले पुनः अग्रता लिने अवसर पायो तर त्यसको सदुपयोग भने गर्न सकेन । उत्तम राईको प्रहार च्यासलका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बलमा अनमार्क रहेका फोडे फफोनाको प्रहार बारमा लाग्दै फर्कियो ।

१९औं मिनेटमा रुमेश बर्तौलाको पासमा बिकास मेराग्लियाको प्रहार बाहिरिदा च्यासल निराश बनेको थियो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा संकटाका निरज बस्नेतको फ्रिककमा जोर्डन जुनियरले मिलाइदिएको पासमा उत्तमको प्रहार बाहिरिएको थियो 

५८ औं मिनेटमा संकटाका अमित तामाङको फ्रिकिक  च्यासलका गोलकिपर प्रदिप भण्डारीले विफल पारे । 

६३ औं मिनेटमा सन्तोष साहुखलको पासमा राजिव लोप्चनको प्रहार संकटाका गोलरक्षक राजुबाबू थापाले उत्कृष्ट बचाउ गर्दा च्यासल निराश बनेको थियो । 

७४ औं मिनेटमा टिकाराज गुरुङको पासमा वान भर्सेज वानमा निरज बस्नेतको प्रहार च्यसालका रक्षक अभिषेकले गोललाइनबाट क्लियर गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो