चैत्र ८, २०८२ आइतबार | ०८:४४:५५
पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

एनआरटी पाँचौ स्थानमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार फ्रेन्डस क्लबलाई ३-२ ले पराजित गर्दै न्युरोड टिम (एनआरटी) अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

एनआरटीको जितमा मेसुके ओलोमोउले दुई गाेल गर्दा स्टेफिन बिनोङले एक गाेल गरेका थिए । फ्रेन्डसका जामोल फ्रांकोइस र नाथनियल जुड गार्सियाले समान एक गोल गरे ।

सात खेलमा १० अंक जोडेको एनआरटी पाँचौ स्थानमा उक्लिएको हो । समान खेलमा मात्र तीन अंक जोडेको फ्रेन्डस भने अन्तिम स्थानमा छ ।

पाँचौ मिनेटमा स्टेफिन विनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो । विनोङले नविन गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए ।

२०औं मिनेटमा मेसुके ओलोमोउले नविनको पासलाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

खेल सकिन नौ मिनेट बाँकी हुँदा जामोल फ्रांकोइसले बललाई पोस्टको दिशा दिँदै फ्रेन्डसलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

इन्जुरी समयको पाँचाै‌ मिनेटमा एनआरटीका मेसुकेले गोल गर्दै टोलीको अग्रता ३-१ मा पुर्याएका थिए ।

 त्यसको एक मिनेटपछि नै गार्सियाले  फ्रेन्डसका लागि दोस्रो गोल गरे पनि त्यो उनको टोलीलाई खेलमा फर्काउने पर्याप्त भएन ।

यसअघि २५औैं मिनेटमा नाथनियल जुड गार्सियाको फ्रिकिक बारमा लागेर फर्कदा फ्रेन्डसले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

 ४१औं मिनेटमा विनोङको प्रहारमा बार बाधक बन्दा एनआरटीले अग्रता बढाउने अवसर गुमाएको थियो ।

एनआरटी पछिल्लो खेलमा एपिएफसँग ३-३ को बराबरीमा रोकिएको थियो भने फ्रेन्डस नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

लिग अन्तर्गत शनिबार पहिलो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार तथा दोस्रो खेलमा च्यासल युथ क्लब  र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो