माघ १७, २०८२ शनिबार | २३:३२:५८
विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार

एनआरटी पाँचौ स्थानमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार फ्रेन्डस क्लबलाई ३-२ ले पराजित गर्दै न्युरोड टिम (एनआरटी) अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

एनआरटीको जितमा मेसुके ओलोमोउले दुई गाेल गर्दा स्टेफिन बिनोङले एक गाेल गरेका थिए । फ्रेन्डसका जामोल फ्रांकोइस र नाथनियल जुड गार्सियाले समान एक गोल गरे ।

सात खेलमा १० अंक जोडेको एनआरटी पाँचौ स्थानमा उक्लिएको हो । समान खेलमा मात्र तीन अंक जोडेको फ्रेन्डस भने अन्तिम स्थानमा छ ।

पाँचौ मिनेटमा स्टेफिन विनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो । विनोङले नविन गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए ।

२०औं मिनेटमा मेसुके ओलोमोउले नविनको पासलाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

खेल सकिन नौ मिनेट बाँकी हुँदा जामोल फ्रांकोइसले बललाई पोस्टको दिशा दिँदै फ्रेन्डसलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

इन्जुरी समयको पाँचाै‌ मिनेटमा एनआरटीका मेसुकेले गोल गर्दै टोलीको अग्रता ३-१ मा पुर्याएका थिए ।

 त्यसको एक मिनेटपछि नै गार्सियाले  फ्रेन्डसका लागि दोस्रो गोल गरे पनि त्यो उनको टोलीलाई खेलमा फर्काउने पर्याप्त भएन ।

यसअघि २५औैं मिनेटमा नाथनियल जुड गार्सियाको फ्रिकिक बारमा लागेर फर्कदा फ्रेन्डसले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

 ४१औं मिनेटमा विनोङको प्रहारमा बार बाधक बन्दा एनआरटीले अग्रता बढाउने अवसर गुमाएको थियो ।

एनआरटी पछिल्लो खेलमा एपिएफसँग ३-३ को बराबरीमा रोकिएको थियो भने फ्रेन्डस नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

लिग अन्तर्गत शनिबार पहिलो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार तथा दोस्रो खेलमा च्यासल युथ क्लब  र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।