असार १७, २०८२ मंगलबार | १०:३८:४८
अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक

सावित्रा चम्किँदा १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित

काठमाडौं । नयाँ प्रशिक्षक र नयाँ कप्तानको नेतृत्वमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९-० को फराकिलो जित हासिल गरेको छ ।

आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालका लागि पहिलो पटक कप्तानको आर्मब्यान्ड लगाएकी सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् ।

यसबाहेक उज्वेकिस्तानको तास्केन्दमा आइतबार सम्पन्न खेलमा अनिता बस्नेत, सरु लिम्बु, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गर्दा एक गाेल आत्माघाती उपहारस्वरुप प्राप्त भयाे । पहिलो हाफमा २-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्यो ।

नेपालले लाओसविरुद्ध नियमित कप्तान अञ्जिला तुम्बापो सुब्बालाई आराम दिएको थियो । अञ्जिला अनुपस्थित हुँदा आर्मब्याण्ड सावित्राले पाइन भने गोलपोष्ट सुरक्षाको जिम्मेवारी अञ्जना राना मगरलाई दिइएको थियो ।

३-२-३-२ को शैलीमा मैदान उत्रिएको नेपाली टिमको पहिलो रोजाइमा नवनियुक्त प्रशिक्षक प्याट्रिकले रक्षापंक्तिमा गीता राना मगरसँगै निशा थोकर र समिक्षा घिमिरेलाई मौका दिएका थिए ।

यसैगरी डिफेन्सिभ मिडफिल्डमा सरु लिम्बु र सरस्वती हमाल तथा मिडफिल्डको माथिल्लो भागको बीचमा पूर्व कप्तान रेणुका नगरकोटे तथा बायाँ विंग्समा सविता र दायाँ विंग्समा अनितालाई मैदान उतारेका थिए ।

एएफसी महिला एसियन कप छनोटको समूह एफमा नेपालले बुधबार दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने शनिबार अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा सहभागिताको मौका पाउनेछ । नेपाल छनोट भएर पहिलो पटक एसियन कप खेल्दै इतिहास रच्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको हो ।
 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3