चैत्र १३, २०८२ शुक्रबार | १९:५२:३८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

च्याम्पियन बन्ने लक्ष्य लिए पनि च्याम्पियनजस्तो प्रदर्शन गर्न सकेनाैंः नविन न्यौपाने

काठमाडौं । आर्मीका प्रशिक्षक नविन न्यौपानेले लिग च्याम्पियन बन्ने लक्ष्य लिए पनि टोलीले पहिलो खेलबाटै स्वभाविक लय समाउन नसकेको र त्यसले सातौ चरण सम्म पनि निरन्तरता पाएको बताए ।

‘हामीले सुरुआती दुई खेलमा स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकेनाैं’,नविनले भने 'तर तेस्रो र चौथो खेल जितेपछि भने हामीले आफूलाई शीर्ष स्थानको होडमा राखेका थियौ । यो हाम्रो लगातार   तेस्रो  बराबरी हो । सातदोबाटो युथ क्लब र थ्री स्टारसँग पनि टोलीले अंक बाँड्यो । 

आर्मीले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार सातौं चरणको पहिलो खेलमा एपिएफसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

नविनले मुख्य खेलाडीले दिइएको जिम्मेवारीलाई न्याय दिन नसकेको पनि बताए ।

‘हामीले टोलीका मुख्य खेलाडीलाई दिइएको जिम्मेवारी अनुसारको प्रदर्शन हुन सकेको छैन’, नविनले भने, ‘हरेक खेलको सुरुआती १५ मिनेट टोलीले विपक्षीलाई पूर्णरुपमा दबाबमा राख्दै गोलका अवसर र्सिजना गरिरहेको छ तर टोलीले त्यसको सदुपयोग भने गर्न सकेको छैन । हामीले नयाँ खेलाडीहरुबाट गोल निस्किन्छ की भनेर उनीहरुलाई पनि अवसर दिएका छौ तर उनीहरुबाट पनि सोचे अनुरुपको प्रतिफल आउन सकेको छैन ।’

नविनले गोलकिपर विकेश कुथुले एउटा गम्भिर गल्ती गरेको र त्यो नै टोलीका लागि महंगो साबित भएको बताए ।

‘एउटा स्ट्राइकरले धेरै गोलको अवसर गुमाए पनि एउटा अवसरलाई गोलमा परिणत गरेमा त्यसले वाहा वाई पाँउछ तर रक्षक र गोलकिपरले गर्ने एक गल्तीले खेलको नतिजा परिवर्तन हुन्छ,’ नविनले भने, ‘आज विकेशले पनि हातमा आइसकेको बलमा क्विक रियाक्सन गर्न नसक्दा दुई अंक गुमाउनु पर्यो ।’

आर्मी सात खेलमा ११ अंकसहित चौथो स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो