माघ १५, २०८२ बिहीबार | १८:५४:५१
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

आर्मीसँग एपिएफको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको पहिलो खेलमा  त्रिभुवन आर्मी फुटबल क्लबले विभागीय प्रतिद्वन्दी एपिएफ फुटबल क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारको पहिलो खेलमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीले ६३औं मिनेटमा गरेकोे गोल आर्मीले अग्रता लिएको थियो । तर त्यसको चार मिनेटपछि नै एपिएफ खेलमा फर्कियो । 

आर्मीका गोलकिपर विकेश कुथुले नविन लामाको प्रहार नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई विक्कीले बललाई पोस्टको दिशा दिएका थिए । 

आर्मी सात खेलमा ११ अंकसहित चौथो स्थानमा छ भने एपिएफ समान खेलमा ६ अंकसहित ११ औं स्थानमा छ ।

आर्मीको यो लगातार तेस्रो बराबरी हो । पाँचौ चरणमा सातदोबाटो युथ क्लबसँग अंक बाँडेको आर्मीले छैटौं  चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको थियो ।

यसअघि नवौं मिनेटमा भरत खवासले बक्स बाहिरबाट हानेको स्लो एयरबल एपिएफका गोलरक्षक याया कुरियामाले विफल पार्दा आर्मीले अग्रता लिने अवसर गुमायो ।

२० औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा जर्ज प्रिन्स कार्कीको पावर हेड दोस्रो बार नजिकबाट बाहिरिदा आर्मी पुनः निराश बन्यो ।

३८ औं मिनेटमा एपिएफले अग्रता दिने सुनौलो अवसर गुमायो । स्ट्राइकर आशिष लामा आर्मीका गोलरक्षक विकेश कुथुसँग वान भर्सेस वानमा गोल गर्न चुके ।

५३औं मिनेटमा एपिएफका नविन लामाको प्रहार विकेशले विफल पारेका थिए ।

शुक्रबार नै हुने दोस्रो खेलमा एनआरटीले फ्रेन्डस क्लबको सामना गर्दैछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।