चैत्र १२, २०८२ बिहीबार | २२:४०:०८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आर्मीसँग एपिएफको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको पहिलो खेलमा  त्रिभुवन आर्मी फुटबल क्लबले विभागीय प्रतिद्वन्दी एपिएफ फुटबल क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारको पहिलो खेलमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीले ६३औं मिनेटमा गरेकोे गोल आर्मीले अग्रता लिएको थियो । तर त्यसको चार मिनेटपछि नै एपिएफ खेलमा फर्कियो । 

आर्मीका गोलकिपर विकेश कुथुले नविन लामाको प्रहार नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई विक्कीले बललाई पोस्टको दिशा दिएका थिए । 

आर्मी सात खेलमा ११ अंकसहित चौथो स्थानमा छ भने एपिएफ समान खेलमा ६ अंकसहित ११ औं स्थानमा छ ।

आर्मीको यो लगातार तेस्रो बराबरी हो । पाँचौ चरणमा सातदोबाटो युथ क्लबसँग अंक बाँडेको आर्मीले छैटौं  चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको थियो ।

यसअघि नवौं मिनेटमा भरत खवासले बक्स बाहिरबाट हानेको स्लो एयरबल एपिएफका गोलरक्षक याया कुरियामाले विफल पार्दा आर्मीले अग्रता लिने अवसर गुमायो ।

२० औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा जर्ज प्रिन्स कार्कीको पावर हेड दोस्रो बार नजिकबाट बाहिरिदा आर्मी पुनः निराश बन्यो ।

३८ औं मिनेटमा एपिएफले अग्रता दिने सुनौलो अवसर गुमायो । स्ट्राइकर आशिष लामा आर्मीका गोलरक्षक विकेश कुथुसँग वान भर्सेस वानमा गोल गर्न चुके ।

५३औं मिनेटमा एपिएफका नविन लामाको प्रहार विकेशले विफल पारेका थिए ।

शुक्रबार नै हुने दोस्रो खेलमा एनआरटीले फ्रेन्डस क्लबको सामना गर्दैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो