चैत्र ६, २०८२ शुक्रबार | १७:१८:२७
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

च्याम्पियन हुन लिग सकिनु पर्छ: प्रशिक्षक कटुवाल

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले मध्य सिजनमा शीर्ष स्थानमा रहने टोलीलाई लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गराउने व्यवस्थाको आलोचना गरेका छन् ।

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको ६ खेल समाप्तीमा कटुवालको टोली शीर्ष स्थानमा छ । सात चरणका खेल सकिँदा शीर्ष स्थानमा रहने टोलीले लिग च्याम्पियनको हैसियतमा एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ । एक खेल बाँकी रहँदा मछिन्द्र १४ अंकका साथ शीर्ष स्थानमा छ भने मनाङ मर्स्याङदी क्लब १३ अंकका साथ एएफसी कप छनोट खेल्ने सम्भावनाका लागि प्रतिस्पर्धामा कायम छ ।

मनाङले शनिबार घरेलु पोखरा रंगशालामा रेलिगेसनबाट बाँच्न संघर्षरत ब्रिगेड ब्वाइज क्लबलाई निम्त्याउँदा आइतबार मछिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

जारी लिगमा अहिलेसम्मका नतिजा र प्रदर्शन हेर्दा यो साता मनाङ र मछिन्द्र दुवै जितको हकदार देखिन्छन् । यसअर्थमा मछिन्द्रले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने सम्भावना बलियो छ । तथापि अघिल्लो संस्करणमा उपाधि जित्नाका बावजुद एएफसी कप छनोट खेल्न नपाएको मछिन्द्रका प्रशिक्षक कटुवालले लिगको बीचमा च्याम्पियन घोषणा गर्ने नियत सच्याउन आह्वान गरे ।

‘यो कदापी सही तरिका होइन । हामीले लक्की ड्रबाट टाइसिट बनाएका छौं । यसो हुँदा सुरुआती चरणमा कस्तो विपक्षी पर्छ, त्यहीअनुसार नतिजा हुन्छ । अहिले शीर्ष स्थानमा हुने टिम लिग सकिँदा तल पनि झर्न सक्छ । च्याम्पियनले खेल्ने प्रतियोगितामा च्याम्पियनलाई नै खेलाउनुपर्छ । बीचमा कुनै दिन शीर्ष स्थानमा रहनेलाई होइन,’ बिहीबार पत्रकार सम्मेलनमा बोल्दै कटुवालले भने, ‘संसारभरको लिग हेर्ने हो भने सुरुआती पाँच/सात खेलसम्म साना टिम पनि शीर्ष स्थानमा रहेका हुन्छन् ।’

कटुवालले एसियाली फुटबल महासंघ (एएफसी)को क्यालेन्डरसँग मिल्ने गरी फुटबल सिजन तय गर्न सुझाए । ‘खासमा लिग भनेको दोहोरो हुनुपर्छ । सबै टिमसँग दुई पटक खेल्न पायो भनेमात्र सही च्याम्पियन निस्कन्छ । एक चोटीको खेलमा त भाग्यले साथ नदिन पनि सक्छ,’ लामो लिगमा जोड दिँदै कटुवालले थपे, ‘तर यहाँ एकोहोरो लिग छ । त्यसमा पनि सात खेलको भरमा च्याम्पियन घोषणा गर्दा कत्तिको सही टोली पुग्ला भन्ने हो ।’

जारी लिगमा राम्रो नतिजाका लागि संघर्ष गरिरहेको पुलिसमाथि सहज जित निकाल्ने उद्देश्यसहित मैदान उत्रिने उनको भनाई थियो । पछिल्लो खेलमा निकट प्रतिद्वन्द्वी मनाङमाथि जित हासिल गरेर शीर्ष स्थानमा उक्लिएपछि टोलीको हौसला वृद्धि भएको बताउँदै उनले पुलिसलाई हराउन आफूहरू सक्षम रहेको दाबी गरे ।

‘अहिले संघर्ष गरिरहे पनि पुलिस एउटा सेट टिम हो । उनीहरू नेपाली फुटबलमा जस्तोसुकै नतिजा निकाल्न पनि सक्षम छन् । तथापि हामी सहज जितको लक्ष्यसहित मैदान उत्रिनेछौं । त्यसका लागि हामी सक्षम छौं,’ स्टार खेलाडीले भरिपूर्ण टोलीको नेतृत्व गरिरहेका कटुवालले थपे ।

कटुवालले सहज जित निकाल्ने दाबी गरिरहँदा पुलिसका मुख्य प्रशिक्षक अनन्त थापाले भने मछिन्द्रको एएफसी कप छनोट खेल्ने लक्ष्यमा आफूहरू बाधक बन्ने बताए ।

‘हामी आइतबारको खेल जितेर सुरक्षित हुन चाहन्छौं । एएफसी कप छनोटको लक्ष्यमा मछिन्द्रका लागि यो निर्णायक खेल हो । तर हामी फुटबलको स्पिरिटअनुसार तीन अंकका लागि खेल्नेछौं । उनीहरूलाई जस्तै हामीलाई पनि आफ्नो लक्ष्य प्राप्तिका लागि तीन अंकको खाँचो छ,’ थापाले भने ।

२०४६ पछिको आधुनिक लिगमा तीन पटक उपाधि उचालेको पुलिसले च्याम्पियन बन्ने लक्ष्यसहित लिगको सुरुआत गरे पनि ६ खेलको समाप्तीमा आइपुग्दा लक्ष्य फेरिएको थापाले स्वीकारे ।

‘प्रत्येक खेलको नतिजासँगै सम्भावना र लक्ष्य परिवर्तन हुने गर्छ । हामीले सुरुमा च्याम्पियन बन्ने लक्ष्यसहित सुरु गरेका थियौं । तर, पछिल्ला खेलहरूका खराब नतिजाका कारण हाम्रो लक्ष्य फेरिएको छ । अब हामी शीर्ष तीनको लक्ष्यमा छौं । त्यो पनि नसके कम्तिमा शीर्ष पाँचमा रहेर लिग टुंग्याउनु हाम्रो लक्ष्य हो,’ थापाले थपे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो