काठमाडौं। सिमोन इन्जाघी बुधबार साउदी क्लब अल हिलालको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। मंगलबार मात्र उनले इन्टर मिलानको प्रशिक्षण जिम्मेवारी छाडेका थिए ।
दुई वर्षको सम्झाैता गरेका इटालियन प्रशिक्षक इन्जाघीले जर्ज जिजसको स्थान लिनेछन् । उनलाई वार्षिक पारिश्रमिक २ करोड युरो दिइनेछ ।
गत शनिबार इन्टर च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट–जर्मनसँग ५–० ले पराजित भएको थियो। यो युरोपेली फाइनल इतिहासकै सबैभन्दा ठूलो अन्तरको हार हो।
इटालियन सिरी ‘ए’ मा पनि नापोलीसँग एक अंकले पछि पर्दा इन्टर उपाधिबाट बञ्चित भएको थियो ।
इन्जाघीले गत वर्ष इन्टरलाई इटालियन सिरी ‘ए’ उपाधि जिताएका थिए । इन्जाघीले चार वर्ष इन्टरको प्रशिक्षण सम्हाले ।
अल हिलालले जुन १८ मा रियाल मड्रिडसँग खेल्दै क्लब विश्वकपको सुरुआत गर्नेछ । खेल मियामी गार्डेन्सको हार्ड रक रंगशालामा हुनेछ।
भिडियो
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross