असार २६, २०८२ बिहीबार | २२:१७:०९
आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू

फाइल तस्वीर

काठमाडौं । रक्षक मनमाया दमाईले अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरेकी छन् ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी मनमायाले सोमबार थाइल्यान्डविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएकी हुन् ।

पथुम थानीस्थित थम्मासत रंगशालामा सम्पन्न खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग २–० ले पराजित भयो । निर्धारित समय बेन्चमा रहेकी मनमायाले इन्जुरी समयमा राइट ब्याक विमला विकलाई प्रतिस्थापन गरेकी हुन् ।

थाइल्यान्डको जितमा चात्चावान रोडथोङ र कप्तान जिरापुरन मोङकोल्डीले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा नेपालको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै थाइल्यान्ड दुई गोल गर्न सफल भएको हो ।

खेलको ५९औं मिनेटमा चात्चावान रोडथोङले गोलको खाता खोलिन् । करिब २५ यार्ड परबाट चात्चावानले गरेको फ्रिकिक प्रहारले नेपाली गोलकिपर अञ्जिला तुम्बाप्पोलाई बिट गर्दै पहिलो बारको जाली चुमेको थियो । यसअघि नेपाली रक्षक पूजा रानाले विपक्षी खेलाडीलाई फउल गरेकी थिइन् ।

खेलको ७४औं मिनेटमा राइट साइडबाट पिचायतिदा मानेवाङ्गले दिएको पासमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी जिरापुरनले वान टचमा गोल गरिन् । जिरापुरनको वान टच लोअर प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

यो खेलसँगै नेपालले दुई हारका साथ थाइल्यान्ड भ्रमणलाई अन्त्य गरेको छ । यसअघि ‘क्लोज डोर’मा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

यही जुन २९ देखि उज्वेकिस्तानमा हुने एएफसी एसिया कप छनोटको तयारीस्वरुप नेपालले थाइल्यान्ड भ्रमण गरेको हो । छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा छ । नेपालले प्रतियोगितामा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा स्थान पक्का गर्नेछ ।


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM