चैत्र ८, २०८२ आइतबार | ११:४१:२४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता

काठमाडौं । अन्तर्राष्ट्रिय ब्रेक सम्पन्न भएसँगै ला लिगा खेल्न लागेको बार्सिलोनालाई खेलाडीको फिटनेसले चिन्ता बढाएको छ । अन्तर्राष्ट्रिय ब्रेक सम्पन्न भएको केही दिनमै बार्सिलोनाले ला लिगामा आज (बिहीबार) राति ओसासुनाको सामना गर्दैछ ।

खासमा यो खेल केही साताअघि नै खेलिनुपर्ने थियो । तर, बार्सिलोनाका डाक्टर कार्लेस मिरानोको निधनपछि खेल स्थगित गरिएको थियो । त्यसैले पनि बार्सिलोना खेलाडी  विश्राम नलिँदै घरेलु लिगमा होमिनु परेको छ ।

बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिक खेलाडीको फिटनेशलाई लिएर चिन्ता प्रकट गर्छन् । ‘हाम्रा अधिकांश खेलाडी अन्तर्राष्ट्रिय ब्रेकमा थिए । लगत्तै खेल खेल्दा खेलाडीको फिटनेश चिन्ता छ,’ उनले भने, ‘यसले बार्सिलोनालाई गाह्रो बनाएको छ ।’

बार्सिलोनामा स्पेन, फ्रान्स, बार्सिलोना, उरुग्वे, पोल्यान्ड र नेदरल्यान्ड्सका खेलाडी छन् । बार्सिलोनाका  पेड्री, डानी ओल्मो, लामिन यमल, पौउ कुबार्सी र फेरान टोरेस स्पेनबाट खेलेका थिए । नेदरल्यान्ड्सका फ्राङ्कीइ डि जोङ र जुलेस कुन्डे तथा पोल्यान्डबाट रोबर्टाे लेवान्डोस्की रहेका थिए । त्यस्तै, स्पेनको यु–२१ टिमबाट फेर्मिन लोपेज, पाब्लो टोरे र जेरार्ड मार्टिनेज बार्सिलोनाका टिममा छन् ।

ओसासुनाविरुद्ध ब्राजिलका राफिन्हा र उरुग्वेका रोनाल्ड अरौजो उपलब्ध हुनेमा शंका छ । दुबै खेलाडी राष्ट्रिय टिमसँगै छन् । ब्राजिल र उरुग्वेले फिफा विश्वकप छनोट खेलिरहेका थिए । ‘उनीहरु लामो हवाई यात्रामा छन् । त्यसैले विश्राम पनि चाहिन्छ । खेल्नेमा शंका छ,’ फ्लिक भन्छन् ।

ला लिगामा २७ खेलबाट ६० अंक जोडेका बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको रियाल मड्रिड ६० अंकसहित दोस्रो स्थानमै छ । एट्लेटिको मड्रिड ५६ अंकसहित तेस्रो स्थानमा छ । २७ खेल खेलेको ओसासुना ३३ अंकसहित १४औं स्थानमा छ ।

यस्तै, आइतबार बार्सिलोनाले जिरोनासँग खेल्ने तालिका छ । यस्तोमा अधिकांश खेलाडीले रिकवरी समय मागेको फ्लिकले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो