काठमाडौं । दोस्रो लेगमा जर्मनीसँग ३–३ को बराबरी खेलेपनि इटाली युरोपियन नेसन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
पहिलो लेगमै टोली जर्मनीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको थियो । आइतबार भएको खेलपछि समग्रमा इटाली ५–४ ले पछि परेको हो ।

जर्मनीको सिंगल इदुना पार्कमा ६५ हजार समर्थकमाझ घरेलु टिमले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । जर्मनीको लागि जोसुआ किमिच, जमल मुसियला र टिम क्लेइन्डेन्सटले गोल गरेका हुन् ।
दोस्रो हाफमा इटालीले तीनै गोल फर्काएको थियो । मोइस केनले दुई गोल गरे । जिआकोमो रासपाडोरीले इन्जुरी समयमा एक गोल फर्काएपनि टोली सेमिफाइनल पुग्न असफल भएको थियो ।

अब, जर्मनीले फाइनल प्रवेशको लागि पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले डेनमार्कलाई हराउँदै अन्तिम चारमा नाम लेखाएको हो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
