चैत्र १८, २०८२ बुधबार | १०:५१:३२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बहराइनलाई हराए जापान फिफा विश्वकपमा छनोट हुने पहिलो टिम बन्ने

काठमाडौं । घरेलु मैदानमा हुने खेलमा बहराइनलाई हराए जापान फिफा विश्वकप २०२६ मा छनोट हुने पहिलो टिम बन्ने भएको छ । जापान र बहराइनबीचको खेल नेपाली समयअनुसार अपराह्न ४ः२० बजे साइतामा मैदानमा हुनेछ ।

विश्वकपमा स्थान बनाउन जापानलाई तीन अंक आवश्यकता छ । फिफा विश्वकप छनोटअन्तर्गत एसिया छनोटको तेस्रो चरणमा जापान र बहराइन समूह ‘सी’ मा छन् ।

समूहमा ६ खेल खेल्दा ५ जित र एक बराबरीसहित १६ अंक जोडेको जापान शीर्ष स्थानमा छ । उसले २२ गोल गर्दा मात्र २ गोल बेहोरेको छ । बहराइन ६ अंकसहित पाँचौं स्थानमा छ । ७ अंकको अस्ट्रेलिया दोस्रो, समान ६ अंकका इन्डोनेसिया र साउदी अरेबिया तेस्रो र चौथो स्थानमा छन् । समान ६ अंकसहित चीन पुछारमा छ ।

‘मलाई विश्वास छ, हामी राम्रो खेल खेल्नेछौं र विश्वकपमा स्थान बनाउने छौं,’ जापानका प्रशिक्षक मोरियासुले भनेका छन् ।

फिफा विश्वकप २०२६ अमेरिकासहित क्यानाडा र मेक्सिकोमा हुँदैछ ।

आज नै हुने खेलमा दक्षिण कोरिया र ओमान, इरान र युएई, उज्वेकिस्तान र किर्गिस्तान प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, जोर्डन र प्यालेस्टाइन, साउदी अरेबिया र चीन, इराक र कुवेत तथा कतार र उत्तर कोरिया प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो