चैत्र १७, २०८२ मंगलबार | ०३:२०:४०
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले पहिलो जित हासिल गरेको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बाँसबारीले रानीपोखरी कर्नर टिम (आरसीटी)माथि ४–२ को रोमाञ्चक जित हासिल गर्यो ।

जितसँगै बाँसबारी तीन अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । आफ्नो पहिलो खेलमा बाँसबारीले सरस्वती युवा क्लबविरुद्ध २–१ को हार बेहोरेको थियो । आरसीटीको यो लगातार दोस्रो हार हो । आफ्नो पहिलो खेलमा आरसीटीले श्री भगवती क्लबसँग ३–१ ले पराजित भएको थियो । यो नतिजासँगै आरसीटी पुछारमा झरेको छ ।

रोमाञ्चक खेलको पहिलो हाफमा बाँसबारीले दुई गोलको अग्रता लिएको थियो । बाँसबारीका लागि सरोज दर्लामी मगर र बिके राईले गोल गरेका थिए । दोस्रो हाफमा आरसीटीले खेलमा पुनरागमन गर्यो । ५२औं मिनेटमा मन्जिल खड्काले गोल गर्दै आरसीटीको आशालाई जीवितै राखेका थिए । ७४औं मिनेटमा सुदीप लामाले बराबरी गोल फर्काए ।

तर, आरसीटीले चार मिनेटपछि तेस्रो गोल खायो । संगम खाण्ड ठकुरीले पेनाल्टीमार्फत बाँसबारीलाई पुनः अग्रतामा ल्याए । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा बिकेले व्यक्तिगत दोस्रो गर्दै बाँसबारीको जित सुनिश्चित गरे ।

दिनको पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो