काठमाडौं । बेन्फिकाविरुद्ध अन्तिम-१६ को दोस्रो लेगमा ३-१ को जित निकाल्दै बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बार्सिलोना समग्रमा ४-१ ले विजयी भयो । पहिलो लेगमा बार्सिलोनाले १० को जित निकालेको थियो ।
मंगलबार ओलिम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउ राफिन्हाले दुई तथा लामिन यामलले एक गोल गरे । बेन्फिकाका लागि निकोलस ओटामेन्डीले गोल फर्काए ।
खेलको ११औं मिनेटमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले यामलको पासलाई सदुपयोग गरे ।
दुई मिनेटपछि नै ओटामेन्डीले बेन्फिकाका लागि बराबरी गोल फर्काए । यामलले २७औं मिनेटमा गोल गर्दा बार्सिलोना २-१ ले अगाडि बढ्यो । राफिन्हाले गोलका लागि अवसर सिर्जना गरेका थिए ।
पहिलो हाफको निर्धारित समय सकिन तनि मिनेट बाँकी रहँदा राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । उनले अलेजान्द्र बाल्डेले उपलब्ध गराएको बललाई जाली चुमाएका थिए । तर स भिएआरको सहायतामा उक्त गोलले मान्यता पाएको थियो ।
त्यसपछि थप गोल निस्कन सकेन ।