माघ १७, २०८२ शनिबार | २२:२३:२७
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

एन्फाका पूर्व अध्यक्ष थापाद्धारा महासचिव राईविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि गाली बेइज्जतिको मुद्दा दायर गरेका छन् । यसअघि उनले साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिएका थिए ।

राईले फागुन १७ गते एक टेलिभिजन अन्तरवार्तामा आफ्ना विषयमा बोलेको विषयलाई लिएर उजुरी गरेको थापाले बताएका छन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहिन आरोप लगाएको भन्दै कानुनी कार्वाहीको प्रकृया अपनाउने क्रममा जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको बताएका छन् ।

‘एक टेलिभिजन अन्तरवार्ताका क्रममा एन्फाका महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति सुद्धिकरणको छानविनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ,’ थापाले विज्ञप्तिमा लेखेका छन्, ‘मैले उहाँको अन्तरवार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर मलाई कानुन अनुसार कार्वाही गर्न चेतावनी दिएको थिएँ । अथवा आफै आत्मालोचना गर्न पनि मैले उहाँलाई अनुरोध गरेको थिएँ । तर उहाँले त्यसलाई समेत बेवास्था गरेपछि बाध्य भएर नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा पनि कानुनबमोजिम छानविन गरि कार्वाहीका लागि उजुरी दिएको थिए । साइबर ब्यूरोमा मेरो जाहेरी नम्बर ११९८९ छ । उहाँले अहिलेसम्म  आफ्नो भनाइ नसच्याएको र आत्मालोचना पनि नगरेको हुँदा  मैले काठमाडौं जिल्ला अदालतमा समेत मुद्द दायर गरेको छु ।’

थापाले आफूलाई कानुनी राज्यको हिमायती बताउँदै महासचिव राईले अन्तरवार्तामा भनेझै ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानविन गरि दोषी प्रमाणित भए कानुनअनुसार कार्वाही भोग्न तयार रहेको बताएका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।