माघ १७, २०८२ शनिबार | ०३:४५:५२
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

एन्फाका पूर्व अध्यक्ष थापाद्धारा महासचिव राईविरुद्ध पुलिसमा उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा गाली बेइज्जतिको उजुरी गरेका छन् ।

राइले शनिबार एक टेलिभिजन अन्तरवार्तामा आफ्ना विषयमा बोलेको विषयलाई लिएर उजुरी गरेको थापाले बताएका छन् । थापाले आइतबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहिन आरोप लगाएको भन्दै कानुनी कार्वाहीको प्रकृयामा गएको जनाएका छन् ।

‘एक टेलिभिजन अन्तरवार्ताका क्रममा एन्फाका महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति सुद्धिकरणको छानविनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ,’ थापाले विज्ञप्तिमा लेखेका छन्, ‘मैले उहाँको अन्तरवार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर मलाई कानुन अनुसार कार्वाही गर्न चेतावनी दिएको थिएँ । अथवा आफै आत्मालोचना गर्न पनि मैले उहाँलाई अनुरोध गरेको थिएँ । तर उहाँले त्यसलाई समेत बेवास्था गरेपछि बाध्य भएर नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा कानुनबमोजिम छानविन गरि कार्वाहीका लागि उजुरी दिएको छु ।’

थापाले आफूलाई कानुनी राज्यको हिमायती बताउँदै एन्फा महासचिव राईले अन्तरवार्तामा भनेझै ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानविन गरि दोषी प्रमाणित भए कानुनअनुसार कार्वाही भोग्न तयार रहेको बताएका छन् ।

‘यदी उहाँले लगाएका आरोप प्रमाणित नभए कानुनअनुसार उहाँ कार्वाहीको दायरामा आउनुपर्छ भन्ने मेरो माग रहेको पनि निवेदन गर्न चाहन्छु,’ उनले विज्ञप्तिमा अगाडि लेखेका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।