चैत्र ५, २०८२ बिहीबार | १६:२९:२२
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

एन्फाका पूर्व अध्यक्ष थापाद्धारा महासचिव राईविरुद्ध पुलिसमा उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा गाली बेइज्जतिको उजुरी गरेका छन् ।

राइले शनिबार एक टेलिभिजन अन्तरवार्तामा आफ्ना विषयमा बोलेको विषयलाई लिएर उजुरी गरेको थापाले बताएका छन् । थापाले आइतबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहिन आरोप लगाएको भन्दै कानुनी कार्वाहीको प्रकृयामा गएको जनाएका छन् ।

‘एक टेलिभिजन अन्तरवार्ताका क्रममा एन्फाका महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति सुद्धिकरणको छानविनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ,’ थापाले विज्ञप्तिमा लेखेका छन्, ‘मैले उहाँको अन्तरवार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर मलाई कानुन अनुसार कार्वाही गर्न चेतावनी दिएको थिएँ । अथवा आफै आत्मालोचना गर्न पनि मैले उहाँलाई अनुरोध गरेको थिएँ । तर उहाँले त्यसलाई समेत बेवास्था गरेपछि बाध्य भएर नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा कानुनबमोजिम छानविन गरि कार्वाहीका लागि उजुरी दिएको छु ।’

थापाले आफूलाई कानुनी राज्यको हिमायती बताउँदै एन्फा महासचिव राईले अन्तरवार्तामा भनेझै ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानविन गरि दोषी प्रमाणित भए कानुनअनुसार कार्वाही भोग्न तयार रहेको बताएका छन् ।

‘यदी उहाँले लगाएका आरोप प्रमाणित नभए कानुनअनुसार उहाँ कार्वाहीको दायरामा आउनुपर्छ भन्ने मेरो माग रहेको पनि निवेदन गर्न चाहन्छु,’ उनले विज्ञप्तिमा अगाडि लेखेका छन् । 


भिडियो
Private video
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।