स्पेनिस ला लिगा

सेभियाले अवसर गुमायो

मड्रिड । बार्सिलोनासँग १-१ को बराबरीमा रोकिएपछि सेभियाले स्पेनिस ला लिगाको शीर्ष क्लब रियाल मड्रिडमाथि दबाब बढाउने अवसर गुमाएको छ । 

शनिबार एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियालमाथि दबाब बनाएको सेभियाले मंगलबार बार्सिलोनाविरुद्ध भने तीन अंक जोड्न सकेन । 

३२औं मिनेटमा एलेजान्द्रो गोमेजले गोल गर्दा सेभियाले अग्रता लिएको थियो । ४५औं मिनेटमा रोनाल्ड अराहुले बार्सिलोनालाई खेलमा फर्काए ।

६४औं मिनेटमा जुल कुन्डे रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि सेभियाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । 

सेभिया १८ खेलमा ३८ अंकसहित दोस्रो स्थानमा छ । जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको रियाल भन्दा पाँच अंक कम हो । बार्सिलोना भने १८ खेलमा २८ अंक जोड्दै सातौं स्थानमा छ ।