इड्लिस प्रिमियर लिग

‘डी लाइट भित्र्याउने दौडमा चेल्सी अगाडि’

लन्डन । युभेन्टसका रक्षक माथियाज डी लाइटका एजेन्ट मिना राइयोलाले सम्भावित सरुवाका लागि युरोपका विभिन्न ठूला क्लबसँग छलफल भइरहेको बताएका छन् ।

उनका अनुसार डी लाइटलाई अनुबन्ध गर्नका लागि बार्सिलोना, रियाल मड्रिड, पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सीसँग अनौपचारिक छलफल भइरहेको छ ।

बेलायती पत्रिका दी सनले जनाएअनुसार डी लाइटलाई अनुबन्ध गर्ने दौडमा प्रिमियर लिगको महारथी चेल्सी सबभन्दा अगाडि छ ।

राइयोलाले डी लाइट युभेन्टस छोड्न तयार रहेको संकेत गरेयता नै २२ वर्षे रक्षकका लागि युरोपेली महारथीहरुले आँखा गाड्न सुरुगरेका थिए । जनवरीमा सरुवा बजार खुल्दा चेल्सीको केही रक्षकहरु स्टामफोर्ड ब्रिजबाट बाहिरिने सम्भावनाका कारण पनि टोलीले उनलाई भित्र्याउन बल गरिरहेको बताइएको छ ।