फिफा

दुई वर्ष विश्वकप आयोजना प्रस्ताब : बहुमत देशको समर्थन रहने इन्फान्टिनोको विश्वास

ज्युरिच । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले दुई वर्षको अन्तरमा  विश्वकपको आयोजना गर्ने प्रस्तावमा बाहुमत सदस्य राष्ट्रको समर्थन रहने विश्वास व्यक्त गरेका छन् ।

सोमबार बसेको फिफाको बैठकमा इन्फान्टिनोले प्रत्येक दुई वर्षमा विश्वकप आयोजनाको प्रस्ताब पारित भए धेरै भन्दा धेरै प्रयोजक भित्र्याउन सकिने दाबी गरेका छन् ।

हाल पुरुष र महिला विश्वकप प्रत्येक चार वर्षको अन्तरमा आयोजना हुँदै आएको छ ।

‘यो खेलकुद गतिविधीका हिसाबले मात्र नभई आर्थिक रुपमा पनि बलियो बन्ने आधार हो’, इन्फान्टिनोले भने, ‘यसबाट हामीले विश्व फुटबलको विकासमा धेरै भन्दा धेरै लगानी पनि गर्न सक्छौ । यो महत्वपूर्ण योजना हो । यो सबैका लागि फाइदाजनक योजना हो ।’

युइएफए र दक्षिण अमेरिकी फुटबल संघले फिफाको यो प्रस्ताबमा असहमती जनाए पनि एसिया, अफ्रिका र कन्काकाफले भने सहमती जनाउँदै आएका छन् ।

‘प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावमा मतदान भइहाल्यो भने बहुमत सदस्यको समर्थन रहने छ’,इन्फान्टिनोले भने, ‘तर म यस प्रस्ताब विना मतदान सर्वसम्मत पारित हुन्छ भन्नेमा विश्वस्त छु ।’