माघ ९, २०८१ बुधबार | ०६:५५:३८
अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरले सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरले सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक

विभागीय डर्बीमा एपिएफको एकतर्फी जित

काठमाडौं । एन्फा यु-१६ युथ लिगअन्तर्गत मंगलबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध १३-० को एकतर्फी जित दर्ता गरेको छ ।

जितसम्गै एपिएफले सात खेलमा १७ अंक जोडेको छ । सातौ खेलमा पराजित आर्मी अंकविहिन छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन सन्दीप पुलामीले पाँच, अविनाश वाइबाले तीन, प्रमबहादुर घलेले दुई तथा रितेश सुनार, तेन्जिङ शेर्पा र रमेश अधिकारीले समान एक गोल गरे ।

खेलको १०औं मिनेटमा सन्दीपको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै अविनाशले टोलीको अग्रता दोब्बर बनाए ।

रितेशले २४ र तेन्जिङले २७औं मिनेटमा गोल गर्दा एपिएफ ४-० ले अगाडि बढ्यो ।

अविनाशले २८ र सन्दीपले ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एपिएफको अग्रता ६-० मा पुग्यो। ६१औं मिनेटमा प्रेमले एपिएफका लागि सातौं गोल गरे ।

एक मिनेटपछि नै अविनाशले ह्याट्रिक पूरा गर्दा एपिएफ ८-० ले अगाडि बढ्यो । ७१औं मिनेटमा सन्दीपले ह्याट्रिक गरे । एक मिनेटपछि नै सन्दीपले व्यक्तिगत चौथो गोल गर्दा एपिएफले आफ्नो अग्रतालाई १०-० मा पुर्यायो ।

निर्धारि समय सकिन तीन मिनेट बाँकी रहँदा प्रेमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि ११औं गोल गरे । इन्जुरी समयमा रमेश र सुदीपले गोल गर्दा एपिएफले १३-० को सानदार जित दर्ता गर्यो । 

मंगलबारै सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारविरुद्ध ५-१ को जित निकालेको थियो । 


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए