स्पेनिस ला लिगामा

रियालसँग अंक दुरी घटाउँदै सेभिया

मड्रिड । एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै सेभियाले स्पेनिस ला लिगाको शीर्ष क्लब रियाल मड्रिडसँगको दुरी पाँच अंकमा झारेको छ ।

सेभिया १७ खेलमा ३७ अंकसहित दोस्रो स्थानमा छ भने रियालको समान खेलमा ४२ अंक छ । त्यस्तै तेस्रो स्थानको रियाल बेटिसको३३, चौथो स्थानको रियाल भालेकानोको ३० र पाँचौ स्थानको एट्लेटिकोको २९ अंक छ । 

सातौ मिनेटमा इभान राकिटिचले गोल गर्र्दैै सेभियालाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा फिलिपेले एट्लेटिकोलाई खेलमा फर्काएका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा लुकास ओकोम्पासले बललाई जाली चुमाउँदै सेभियाका लागि तीन अंक पक्का गरेका थिए ।

एट्लेटिको भने यो लगाचार तेस्रो हार हो ।