इङ्लिस प्रिमियर लिग

आर्सनलको सहज जित

लन्डन । लिडस् युनाइटेडमाथि  ४-१ को जितसहित आर्सनल शनिबार इङलिस प्रिमियर लिगको चौथो स्थान थप मजबुत पारेको छ ।

आर्सनलको सहज जितमा मिडफिल्डर ग्याब्रियल मार्टिलेनीले दुई तथा साका र इमाइल स्मिथ रोले समान एक गोल गरे ।

१८ खेलमा ३२ अंक जोडेको आर्सनल चौथो स्थानमा छ, जुन एक खेल कम खेल्दै पाँचौ स्थानमा बसेको वेस्ट हम भन्दा चार अंक बढी हो । 

१६औं मिनेटमा मार्टिलिनीले आर्सनलको गोल खाता खोलेका थिए । २८औं मिनेटमा मार्टिलिनीले आर्सनलको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा बुकायो साकाले आर्सलनको अग्रता ३-० मा पुर्याए । 

७५औं मिनेटमा राफिन्हाको गोलमा लिडस्ले गोलअन्तर कम गर्ने प्रयास गरेको थियो । खेल सकिन ६ मिनेट बाँकी हँदा रोले आर्सनलका लागि चौथो गोल गरे ।