पुस १८, २०८१ बिहीबार | १८:०६:२६
आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन भारतीय टोलीविरुद्ध आर्मीको पुनरागमन जित जय ट्रफीमा बागमतीको कप्तानी सन्दीपले गर्ने उमेश विडारी फिफा रेफ्रीको मान्यता पाउने धादिङका पहिलो व्यक्ति सजिन महर्जनलाई बिलमलाल स्मृति बुद्धिचालको उपाधि आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन भारतीय टोलीविरुद्ध आर्मीको पुनरागमन जित जय ट्रफीमा बागमतीको कप्तानी सन्दीपले गर्ने उमेश विडारी फिफा रेफ्रीको मान्यता पाउने धादिङका पहिलो व्यक्ति सजिन महर्जनलाई बिलमलाल स्मृति बुद्धिचालको उपाधि

संकटालाई उछिन्दै तेस्रो स्थानमा उक्लियो थ्री स्टार

तस्विरः एन्फा

काठमाडौं । मछिन्द्र फुटबल क्लबमाथि ५-१ गोल अन्तरको फराकिलो विजयी प्राप्त गर्दै थ्री स्टार क्लब ललित स्मृति एन्फा यु-१८ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आफ्नो अन्तिम खेलमा थ्री स्टारलाई जित दिलाउन क्याप्टेन बोगटीले दुई गोल गरे । त्यस्तै विजय उरान, रोमन श्रेष्ठ र सुगम भुलुनको नाममा एक गोल रह्यो । मछिन्द्रका लागि आयुष लिम्बुको गोल सान्त्वना बन्न पुग्यो ।

थ्री स्टारले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । दोस्रो हाफको पाँच मिनेट पनि बित्न नपाउँदै आयुषको गोलमार्फत मछिन्द्रले पुनरागमनको संकेत देखाएको थियो । तर, ६६औं मिनेटमा तेस्रो गोल गरेको थ्री स्टारले ११ मिनेटभित्र थप दुई गोल थप्यो ।

जितसँगै संकटा क्लबलाई उछिन्दै थ्री स्टार अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले २२ खेलमा ४३ अंक जोड्यो । संकटाले आफ्नो अन्तिम खेलमा हार बेहोरे मात्र थ्री स्टारले तेस्रो स्थानमा रहेर लिग टुंग्याउनेछ । बराबरी वा जितले संकटाले तेस्रो स्थान सुनिश्चित पार्नेछ ।

सोमबारको नतिजासँगै ३७ अंक जोड्दै मछिन्द्रले पाँचौं स्थानमा रहेर यात्रा टुंगायो ।

मंगलबार हुने लिगको अन्तिम खेलमा यसअघि नै च्याम्पियन भइसकेको नेपाल पुलिस क्लबले न्यु रोड टिम(एनआरटी)को सामना गर्नेछ भने एपिएफ फुटबल क्लबले संकटाको सामना गर्नेछ । 


भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association