पुस ७, २०८१ आइतबार | १७:०१:०५
भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक नेपाल कबड्डी लिग माघ ४ बाट एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक नेपाल कबड्डी लिग माघ ४ बाट एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा

आर्सनलको सहज जित

काठमाडौं । आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध ५-१ को सहज जित निकालेको छ ।

जितसँगै १७ खेलमा ३३ अंक जोडेको आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल समान खेलबाट १६ अंकका साथ १५औं स्थानमा छ ।

शेल्हर्स्ट पार्कमा आर्सनललाई जित दिलाउन गाब्रियल जिससले दुई तथा काइ हाभर्ट्ज, गाब्रियल मार्टिनेली र डेक्लान राइसले गोल गरे । क्रिस्टलका लागि स्माइला सारले गोल फर्काए ।

खेलको छैटौं मिनेटमा जिससको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै सारले क्रिस्टललाई बराबरीमा ल्याए ।

जिससले १४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-१ ले अगाडि बढाए । ३८औं मिनेटमा हाभर्ट्जले टोलीका लागि तेस्रो गोल गरे ।

मार्टिनेलीले ६०औं मिनेटमा गोल गर्दा आर्सनलको अग्रता ४-१ मा पुग्यो । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा राइसले गोल गर्दै टोलीलाई  ५-१ को सहज जित दिलाए ।

लिग अन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा न्युक्यासल युनाइटेडले इप्सवीच टाउनलाई ४-० तथा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दा वेस्टहम युनाइटेडले ब्राइटनलाई १-१ को बराबरीमा रोक्यो । 


भिडियो
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh
ललित सर्वाेत्कृष्ट खेलाडी हुन्ः Pubudu Dassanayake
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh