नेपाली महिला फुटबल

पहिलो हाफमा नेपाललाई ३-० को अग्रता

काठमाडौं । रश्मी घिसिङ र सविता रानाको गोलमा नेपाली युवा टोलीले यु १९ महिला साफ च्याम्पियनसिपको खेलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।

रस्मी र सविताले दुई मिनेटको बीचमा गोल गरेपछि नेपालले सातौं मिनेटमै ३-० को अग्रता लिइसकेको थियो । कुसुम खतिवडाले मध्यान्तर हुनै लाग्दा अर्को गोल थपेकी थिइन ।

बंगलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा सहज अग्रतासहित नेपाल जितउन्मुख छ ।

पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग गोलरहित बराबरी नतिजा निकालेको थियो ।

श्रीलंकाको यो तेस्रो खेल हो । टोली अघिल्ला दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा भुटानसँग ५-० को नतिजामा निराश भएको टोली दोस्रो खेलमा आयोजक बंगलादेशसँग ६-० को फराकिलो अन्तरमा पराजित भएको थियो ।

पहिलो हाफको खेल सकिँदासम्म नेपाली टोलीले पूर्ण रुपमा नियन्त्रण राखे पनि तीन भन्दा बढि गोल गर्न सकेन। 

(अपडेट गरिएको समाचार)