साफ यु-१९ महिला च्याम्पियनसिप

यु १९ महिला साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपाली टोलीमा दुई परिवर्तन

काठमाडौं । यु १९ महिला साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको दोस्रो खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।

मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले स्ट्राइकर विमला बिक र रक्षक दिपा शाहीलाई आराम दिँदै उनीहरुको स्थानमा कुशुम खतिवडा र सविना चौधरीलाई अवसर दिएका हुन् ।

पहिलो खेलमा बंगलादेशविरुद्ध उत्रिएको टोलीका नौ खेलाडीले भने श्रीलंकाविरुद्ध पनि निरन्तरता पाएका छन् ।

नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

श्रीलंका भने दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा भुटानलाई ५-० को नतिजा सुम्पिएको श्रीलंकाले दोस्रो खेलमा बंगलादेशसँग ६-० ले पराजित भएको थियो ।
नेपाली टोली –
गोलरक्षक -अन्जना राना मगर (कप्तान)
रक्षक-सविना चौधरी, सलोनी राना मगर, रोजिना श्रेष्ठ, मन्जु कुमारी खड्का,
मिडफिल्डर-  मेनुका कुमारी आले मगर, प्रीति राई, रश्मि कुमारी घिसिङ, सविता राना मगर
स्ट्राइकर- रजनी थोकर, कुशुम खतिवडा