राष्ट्रिय खेलकुद परिषद्

सर्वोच्चद्वारा सदस्यसचिवमा सिलवालको पुनर्वहाली

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालको बर्खास्तगीलाई अस्विकार गरेको छ ।

नेकपा एमालेको सरकारले खुल्ला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले असोज ३१ गते बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।

सिलवालले आफ्नो बर्खास्गतीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज न्यायधिश हरि फुयालको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । अदालतले पुस १२ गते दुवै पक्षलाई उपस्थित हुन पनि आदेश गरेको छ ।

सिलवालले खेलाडीलाई जानकारी गराएअनुसार सर्वोच्चले आफूलाई पुरानै अवस्थामा सदस्यसचिवका रुपमा काम गर्न तथा नयाँ नियुक्त सदस्यसचिव घिसिङलाई कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

नेकपा माओवादी केन्द्रको कोटामा घिसिङलाई खुल्ला प्रतिस्पर्धाको माध्यमबाटै मंसिर १३ गते मन्त्रीपरिषदले नियुक्त गरेको थियो ।