च्याम्पियन्स लिग

पिएसजीको लक्ष्य च्याम्पियन्स लिग उपाधिः मेसी

पेरिस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर लियोनल मेसीले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस ला लिगा क्लब रियाल मड्रिडलाई प्रतिद्धन्द्धीको रुपमा पाएको भन्दै टोलीको लक्ष्य प्रतियोगिताको उपाधि जित्ने रहेको बताएका छन् ।

सोमबार पुनः गरिएको खेल तालिका सार्वजनिकमा पिएसजीले रियाललाई अन्तिम १६ को प्रतिद्धन्द्धीका रुपमा पाएको थियो ।

यसअघि पिएसजीले म्यानचेस्टर युनाइटेड र रियालले बेन्फिकासँग खेल्ने तालिका सार्वजनिक भएको थियो ।

२०१९-२० को सिजन च्याम्पियन्स लिगको फाइनल प्रवेश गरे पनि पिएसजीले अहिले सम्म उपाधि भने  जित्न सकेको छैन ।

पिएसजीले पहिलो लेगमा फेर्बुअरी १५ मा रियालको सामना गर्नेछ । 

‘हाम्रो लक्ष्य च्याम्पियन्स लिगको उपाधि जित्ने नै हो,’ मेसीले भने, ‘टोली त्यसको नजिक पुगे पनि अहिले सम्म उपाधि भने भित्राउन सकेको छैन । सबैका लागि यो महत्वपूर्ण प्रतियोगिता हो ।’

मेसी यसै सिजन बार्सिलोनाबाट पिएसजीमा अनुबन्धन भएका थिए ।

मेसीले यस सिजन लिग वानको १० खेलमा मात्र एक गोल गरेका छन् । च्याम्पिन्स लिगमा भने उनले पिएसजीबाट पाँच गोल गरिसकेका छन् ।