स्पेनिस ला लिगा

आल्भेसको प्रदर्शनले जाभी उत्साही

रियाद । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले क्लबको स्वभाविक लयमा फर्कने लक्ष्यमा ब्राजिलियन रक्षक ड्यानी आल्भेसको आगमनले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

साओ पाउलोबाट सेप्टेम्बरमा फ्रि ट्रान्सफरमा क्याम्प नोउ भित्रिएका आल्भेसले बार्सिलोनाबाट मंगलबार पुनरागमन गरेका हुन् ।

म्याराडोना कप अन्तर्गत बोका जुनियर्सविरुद्धको खेलसँगै आल्भेस मैदान उत्रिएका हुन् । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा बार्सिलोना ४-२ ले निराश भएको थियो ।

यद्धपी जनवरी सरुवासम्म उनी बार्सिलोनाबाट आधिकारिक प्रतियोगितामा भने मैदान उत्रन पाउदैनन् । 

३८ वर्षे आल्भेस बार्सिलोनाबाट यसअघि ३ सय ९१ खेल खेलिसकेका छन् । जाभीले अझै केही साता आल्भेसलाई ला लिगा तथा अन्य प्रतियोगिताका लागि मैदान उतार्न नपाएपनि टोलीमा उनको उपस्थितीले विशेष प्रभाव रहने बताए ।

‘आल्भेसको बार्सिलोनाबाट यो दोस्रो डेब्यु हो’, जाभीले भने, ‘उनले यसअघि पनि आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । उनी प्रभावशाली खेलाडी हुन् । मैले उनको उपस्थितीमा टोली स्वभाविक लयमा फर्कने आशा गरेको छु ।’