जर्मन बुन्डेसलिगा

गनाब्रीको ह्याट्रिकमा बायर्नको सहज जित

बर्लिन । सेर्गी गनााब्रीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले स्टुटगार्टलाई ५-० ले पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्षता थप फराकिलो पारेको छ । ]

बायर्न १६ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको बोरुसिया डर्टमन्डको ३१ अंक छ । बायर्नले  एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको डर्टमन्डसँगको दुरी नौ अंकका पुर्याएको हो ।

४०औं मिनेटमा गनाब्रीको गोलमा बायर्नले अग्रता लिएको थियो । ५३औं मिनेटमा गनाब्रीले बायर्नको अग्रता दोब्बर पारे । 

६९ र ७२औं मिनेटमा रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बायर्नले आफ्नो अग्रता ४-० मा पुर्याएका थिए । त्यसको दुई मिनेटपछि नै गनाब्रीले ह्याट्रिक पूरा गरेपछि साविक विजेजा बायर्नले सहज जितसहित शीर्षता थप बलियो पारेको हो ।

दोस्रो स्थानको डर्टमन्डले बुधबार इन्ट्राक्ट फ्रयांकफर्टविरुद्ध खेल्नेछ ।