इङ्लिस प्रिमियर लिग

युनाइटेड र ब्रेन्टफोर्डको खेल स्थगित

लन्डन । इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबारका लागि तय म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ ।

 युनाइटेडका खेलाडी र केही कर्मचारीमा कोभिड १९ पुष्टी भएपछि खेल तत्कालका लगि स्थगन गरिएको प्रिमियर लिगले जनाएको छ ।

युनाइटेडले आइतबार नर्विचविरुद्ध १-० को जित हात पारेको खेलपछि केही खेलाडी र कर्मचारीको पिसिआर परिक्षण गरिएको र त्यसमा उनीहरुमा कोभिड १९ पुष्टी भएको जनाएको छ ।

युनाइटेडले खेल स्थगित गर्न प्रिमियर लिग समक्ष आग्रह गरेको थियो । 

‘प्रिमियर लिगले ब्रेन्टफोर्ड र युनाइटेडबीचको खेल हालका लागि स्थगित गर्ने निर्णय गरेको छ’, प्रिमियर लिगले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ', ‘युनाइटेडका केही खेलाडी र कर्मचारीमा कोभिड १९ पुष्टी भएको जानकारीपछि स्वास्थ अधिकारीले दिएको निर्देशन अनुसार यो निर्णय लिइएको हो ।’
प्रिमियर लिगले केही दिनमै यी दुई टोलीबीचको खेलका लागि नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि आइतबार टोटनहम र ब्राइटोनबीचको खेल पनि स्थगित भएको थियो ।