चैत्र १४, २०८२ शनिबार | २२:१६:२३
हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ?

चेल्सीको रोमाञ्चक जित

काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु टोली टोटनहम होट्सपुरविरुद्ध ४ ३ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १५ खेलमा ३१ अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिएको छ । परानित टोटनहम समान खेलबाट २० अंकका साथ ११औं स्थानमा छ ।

टोटनहम होट्सपुर रंगशालामा चेल्सीलाई जित दिलाउन कोल पाल्मरले दुई तथा जाडोन सान्चो र इन्जो फर्नान्डेजले समान एक गोल गरे । टोटनहमका लागि डोमनिक सोलान्के, डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले गोल गरे ।

खेलको पाँचौं मिनेटमै सोलान्केको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ६ मिनेटपछि नै कुलुसेभस्कीले टोलीको अग्रता दोब्बर बनाए ।

सान्चोले १७औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा आयो । ६१औं मिनेटमा पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

फर्नान्डेजले ७३औं मिनेटमा गोल गर्दा चेल्सी ३-२ ले अगाडि बढ्यो । ८४औं मिनेटमा पाल्मरले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

इन्जुरी समयमा ह्युन मिनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्ने सकेन ।

लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा बर्नमाउथले इप्सवीच टाउनलाई २-१ ले पराजित गर्दा आर्सनल फलहमसँग १-१ र ब्राइटन लेस्टर सिटीसँग २-२ को बराबरीमा रोकिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो