माघ १५, २०८२ बिहीबार | ०९:१९:४४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

चेल्सीको रोमाञ्चक जित

काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु टोली टोटनहम होट्सपुरविरुद्ध ४ ३ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १५ खेलमा ३१ अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिएको छ । परानित टोटनहम समान खेलबाट २० अंकका साथ ११औं स्थानमा छ ।

टोटनहम होट्सपुर रंगशालामा चेल्सीलाई जित दिलाउन कोल पाल्मरले दुई तथा जाडोन सान्चो र इन्जो फर्नान्डेजले समान एक गोल गरे । टोटनहमका लागि डोमनिक सोलान्के, डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले गोल गरे ।

खेलको पाँचौं मिनेटमै सोलान्केको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ६ मिनेटपछि नै कुलुसेभस्कीले टोलीको अग्रता दोब्बर बनाए ।

सान्चोले १७औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा आयो । ६१औं मिनेटमा पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

फर्नान्डेजले ७३औं मिनेटमा गोल गर्दा चेल्सी ३-२ ले अगाडि बढ्यो । ८४औं मिनेटमा पाल्मरले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

इन्जुरी समयमा ह्युन मिनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्ने सकेन ।

लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा बर्नमाउथले इप्सवीच टाउनलाई २-१ ले पराजित गर्दा आर्सनल फलहमसँग १-१ र ब्राइटन लेस्टर सिटीसँग २-२ को बराबरीमा रोकिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।