च्याम्पियन्स लिग

रियालसँगको भेट टार्ने चाहना पूरा भएनः सर्जियो रामोस

पेरिस । सर्जियो रामोस च्याम्पिन्स लिगको अन्तिम १६ मा रियाल मड्रिडसँगको भेट टार्न चाहन्थे तर उनको चाहना पूरा नहुने भएको छ । 

पुनः खेल तालिका सार्वजनिक हुँदा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र रियाल आमने सामने हुने समिरकण बनेको हो ।

 यसअघिको समिकरणमा पिएसजीले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई प्रतिद्धन्द्धीको रुपका रुपमा पाएको थियो ।

‘म रियाल मड्रिडसँगको भेट नहोस् भन्ने चाहन्थे तर हामीले कार्लोे एन्सेलोट्टीकै टोलीलाई प्रतिद्धन्द्धीको रुपमा पायौ’, रामोसले भने ।
 

रामोसले सान्टियागो बर्नाबेउमा १६ वर्ष बिताए । जहँ उनले पाँच पटक स्पेनिस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

रियालले यस सिजनका लागि नयाँ सम्झौता प्रस्ताव नगरेपछि रामोस लिग वान क्लब पिएसजीमा अनुबन्धन भएका थिए ।

‘भाग्य कसैको हातमा छैन । म अन्तिम १६ मा रियालबाहेकका अन्य टोलीसँगको भेट चाहन्थे तर जे नचाहेको त्यही भैदियो’, रामोसले भने, ‘सबैलाई मेरो रियालप्रतिको माया र सम्मान थाहा छ । जुन कहिले पनि परिवर्तन हुँदैन । तर मसँग वर्तमान हेर्नुको विकल्प पनि छैन ,मलाई पिएसजीबाट मैदान उत्रदै सुखद नतिजा ल्याउनु छ ।’

‘मैले सान्टियागो बर्नाबेउमा लामो समय बिताए तर कोभिड १९ महामारीका कारण घरेलु समर्थकमाझ बिदाई दिन पाइन,’ रामोसले भने, बर्नाबेउमा फर्कदा मलाई समर्थकसँग बिदा माग्ने अवसर पनि जुरेको छ ।'

युइएफले खेल तालिका सार्वजनिक गर्दा प्राबिधिक समस्या आएको भन्दै पुनः तालिका सार्वजनिक गरेको थियो ।

यसअघिको तालिकामा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई प्रतिद्धन्द्धीको रुपमा पाएको थियो । त्यस्तै रियालले बेन्फििका ,म्यानचेस्टर सिटीले भियारियाल, बायर्न म्युनिखले एट्लेटिको मड्रिड, लिभरपुलले साल्जबर्ग, इन्टर मिलानले आयाक्स, युभेन्टसले स्पोर्टिङ लिस्बन र साविक विजेता चेल्सीले लिलसँग खेल्ने तालिका थियो ।

नयाँ तालिका अनुसार सिटीले लिस्बन बायर्नले साल्जबर्ग,युनाइटेडले एट्लेटिको, युभेन्टसले भियारियाल, इन्टर मिलानले ‍लिभरपुल  र आयाक्सले बेन्फिकाको सामना गर्नेछ । 

साविक विजेता चेल्सीि र लिलको तालिको भने यथावत रहेको छ ।

अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १५ र १६ तथा  २२ र २३ मा हुनेछ । दोस्रो लेगका खेलहरु मार्च ८ र ९ तथा १५ र १६ मा हुनेछ । 

क्वार्टरफाइनल र सेमिफाइनलका तालिका मार्च १८ मा सार्वजनिक गरिने युइएफएले जनाएको छ ।