च्याम्पियन्स लिग

च्याम्पियन्स लिग अन्तिम १६ को तालिका सार्वजनिकः रियाल र पिएसजी भिड्ने

लन्डन । स्पेनिस ला लिगा महारथी रियाल मड्रिड र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) तथा इटालियन सिरी ए क्लब इन्टर मिलान र इङ्लिस प्रिमियर लिग कलब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा आमने सामने हुने भएका छन् ।

युइएफले सोमबार च्याम्पियन्स लिग अन्तिम १६ को तालिका सार्वजनिक गरेको हो । यसअघिको तालिका गल्ती भएको भन्दै युइएफएले पुनः तालिका सार्वजनिक गरेको हो । यसअघिको तालिकामा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई प्रतिद्धन्द्धीको रुपमा पाएको थियो । 

त्यस्तै रियालले बेन्फििका ,म्यानचेस्टर सिटीले भियारियाल, बायर्न म्युनिखले एट्लेटिको मड्रिड, लिभरपुलले साल्जबर्ग, इन्टर मिलानले आयाक्स, युभेन्टसले स्पोर्टिङ लिस्बन र साविक विजेता चेल्सीले लिलसँग खेल्ने तालिका थियो ।

नयाँ तालिका अनुसार सिटीले लिस्बन, बायर्नले साल्जबर्ग,युनाइटेडले एट्लेटिको, युभेन्टसले भियारियाल र आयाक्सले बेन्फिकाको सामना गर्नेछ । 

साविक विजेता चेल्सीि र लिलको तालिका भने यथावत रहेको छ ।

अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १५ र १६ तथा  २२ र २३ मा हुनेछ । दोस्रो लेगका खेलहरु मार्च ८ र ९ तथा १५ र १६ मा हुनेछ । 

क्वार्टरफाइनल र सेमिफाइनलका तालिका मार्च १८ मा सार्वजनिक गरिने युइएफएले जनाएको छ ।