सहिद स्मारक लिग

पहिलो हाफमा मनाङलाई अग्रता

काठमाडौैं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले जारी खेलमा मनाङ मस्र्याङदी क्लबले फ्रेन्डस क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

शुक्रबारबाट चौथो चराण्का खेलहरु सुरु भएको हो ।

४०औैं मिनेटमा ओलाओले आफिजले गरेको गोलमा मनाङले अग्रता लिएको थियो । आफिजले कप्तान अञ्जन विष्टको पासलाई जाली चुमाएका थिए ।

२१औं मिनेटमा  अञ्जनको पासमा स्ट्राइकर एडेलाजा सोमिडेले सेकेण्ड बार च्याप्दै प्रहार गरेको बल पोस्ट भन्दा केही माथिबाट बाहिरिदाँ मनाङले अग्रताको अवसर गुमएको थियो ।

३९औं मिनेटमा ओलाओले आफिजको प्रहार फ्रेन्डसका गोलकिपर राहुल यादवले विफल पार्दा मनाङले अग्रताको अवसर गुमाएको थियो ।

४३औं मिनेटमा मनाङले अग्रता दोब्बर पार्ने अवसर गुमायो । पुजन उपरकोटीको फ्रिककमा अञ्जनले गरेको हेडर फ्रेन्डसका रक्षक रोनिल पाउलले बचाएका थिए ।

मनाङ तीन खेलमा सात अंकसहित तेस्रो स्थानमा छ भने समान खेलमा मात्र दुई अंक बटुलेको फ्रेन्डस् १० औैं स्थानमा छ ।