च्याम्पियन्स लिग

लिले र साल्जबर्ग अन्तिम १६ मा

पेरिस । लिले र एफसी साल्जबर्ग समूह ‘जी’ बाट क्रमशः विजेता र उपविजेताको रुपमा च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । 

समूह चरणको अन्तिम खेलअघि समूह ‘जी’ बाट च्याम्पिन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना चार वटै टोली (लिले, सेभिया, साल्जबर्ग र उल्फ्सबर्ग) को सम्भावना बराबर थियो ।

लिलेले उल्फसर्बमाथि ३-१ को जितका साथ समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । त्यस्तै साल्जबर्गले समूह उपविजेताको रुपमा अन्तिम १६ को टिकट काट्ने क्रममा सेभियालाई १-० ले हराएको हो ।

शीर्ष स्थानको लिलेको ६ खेलमा ११ अंक रह्यो भने समान खेलमा दोस्रो स्थानको साल्जबर्गको १० अंक रह्यो । तेस्रो स्थानको सेभिया ६ र उल्फसबर्गको पाँच अंक रह्यो ।