चैत्र १३, २०८२ शुक्रबार | ०१:३०:५२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बार्सिलोनाको १२ खेलमा ४० गोल

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा १२ खेल खेल्दा ४० गोल गरेको छ । आइतबार राति भएको क्याटलान डर्बीमा बार्सिलोनाले स्पान्योललाई ३–१ ले हरायो ।

बार्सिलोनाको जितमा डानी ओल्मोले दुई गोल गरे । एक गोल राफिन्हाको नाममा रह्यो । स्पान्योलको लागि जाभी पौडोले एक गोल फर्काएका हुन् ।

जितपछि बार्सिलोनाले शीर्ष स्थान कायम राखेको छ । १२ मध्ये ११ जित निकालेको बार्सिलोनाको ३३ अंक छ । बार्सिलोनाले एक खेल हार्दा ४० गोल गरेको छ । विपक्षीले ११ गोल गरेका छन् । बार्सिलोनासँग २९ गोलको अग्रता छ ।

२४ अंकसहित दोस्रो स्थानमा रहेका रियाल मड्रिडले एक खेल कम खेलेको छ । हारपछि १२ खेलबाट १० अंक जोडेको स्पान्योल तालिकाको १७औं स्थानमा छ ।

घरेलु ओलम्पिक मैदानमा ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाको लागि ओल्मोले १२औं मिनेटमै अग्रता बनाए । २३औं मिनेटमा राफिन्हाले गोल गरेका हुन् । ३१औं मिनेटमा पुनः ओल्मोले गोल गर्दा पहिलो हाफमै घरमा बार्सिलोनाले ३–० को अग्रता बनाएको हो । दोस्रो हाफमा जाभीले गोल गरेपछि स्पान्योललाई हारबाट बचाउन सकेनन् ।

राति नै भएको खेलमा प्रशिक्षक डिअगो सिमोनका छोरा जिउलिआनोेले गोल गरेपछि एट्लेटिको मड्रिडले लास पाल्मासविरुद्ध २–० को जित निकाल्यो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो