फाल्गुन १३, २०८२ बुधबार | ०७:४८:५६
पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन

नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । घरेलु टोली नेपाललाई २-१ले हराउँदै बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा बंगलादेशलाई लगातर दोस्रो संस्करण च्याम्पियन बनाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले एक–एक गोल गरे । एक गोलले पछाडि परेको स्थितिमा नेपालले अमिषा कार्कीको गोलमा बराबरी गरेको थियो । खेलका सबै गोल दोस्रो हाफमा भएका हुन् ।

बंगलादेशले यही मैदानमा २०२२ मा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यतिबेला नेपाल ३-१ ले निराश बनेको थियो ।

साफ च्याम्पिनसिपको फाइनलमा नेपालको यो छैटौं हार हो ।

खेलको दोस्रो मिनेटमा नेपाललाई भाग्यले साथ दिदाँ बंगलादेशले अग्रता लिन सकेन । रक्षक गीता रानामगरले अनियन्त्रित बल प्रहार गर्दा बंगलादेशी कप्तान सवीना खातुनले उक्त बल भेट्टाएकी थिइन् । कुनै पनि निगरानीमा नरहेकी सवीनाले बक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । पछि रिबाउन्डमा सवीनाले हेडरमार्फत बललाई पोस्टको दिशा दिइन् । जसलाई नेपाली कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाले सहजै नियन्त्रणमा लिइन् ।

खेलको १०औं मिनेटमा नेपालले पहिलो अवसर सृजना गर्यो । तर, फरवार्ड सावित्रा भण्डारीको पासमा अमिषा कार्कीले बक्स नजिकैबाट गरेको राइट फुटेड प्रहार क्रस बारमा लागेर बाहिरिएपछि नेपालले अग्रता लिन सकेन । २८औं मिनेटमा सावित्राको सुन्दर पासलाई अमिषाले राम्रो टच दिन नसक्दा नेपाल सहज गोल गर्नबाट चुक्यो ।

खेलको ३३ओं मिनेटमा नेपाली मिडफिल्डर प्रीति राईले फरवार्ड समसुनुहार जुनियरलाई लडाएपछि बंगलादेशले बक्स नजिकै फ्रिकिक अवसर प्राप्त गर्यो । तर, मिडफिल्डर मोनिका चक्माको लेफ्ट फुटेड प्रहार आकाशिँदा नेपाली समर्थकले राहतको श्वास फेर्यो ।

खेलको ५२औं मिनेटमा मोनिकाले गोल गर्दै १५ हजार नेपाली समर्थकलाई शान्त पारिन् । अमिषाले क्लियर गर्नुपर्ने बल प्रीतिलाई ब्याक पास खेलाएपछि बंगलादेशले त्यसको फाइदा उठाएको हो । अमिषाबाट प्रीतिसम्म नपुग्दै बंगलादेशी कप्तान सवीनाले बल खोसिन् । अनि सवीनाकै पासमा मोनिकाले अन्जिलालाई बिट गर्दै दोस्रो बारमा गोल गरिन् । सवीनाले नेपालका तीन रक्षकलाई बिट गर्दै मोनिकालाई सुन्दर पास मिलाइदिएकी थिइन् ।

तर, बंगलादेशले आफ्नो अग्रतालाई पाँच मिनेट पनि टिकाउन सकेन । ५६औं मिनेटमा प्रीतिले चार विपक्षी खेलाडीलाई बिट गर्दै दिएको सुन्दर थ्रु पासमा अमिषाले गोल गरिन् । अमिषाले वान भर्सेस वानमा गोलकिपर रुप्ना चक्मालाई बिट गरिन् । अमिषाको लोअर प्रहार दोस्रो बारको लोअर कर्नर गोलमा परिणत भएको थियो ।

बराबरी गोल फर्काएको पाँच मिनेटपछि नेपालले गोलको अर्को अवसर सृजना गर्यो । लोफ्टेड पासलाई सदुपयोग गरेकी सावित्राले रक्षक सेउली अजिमलाई बिट गर्दै बललाई अघि लगिन् । तर, फाइनल प्रहारमा चुक्दा नेपालले अग्रता लिन सकेन । उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ६८औं मिनेटमा बंगलादेशको गोलमा अन्जिला बाधक बनिन् । विंगर रितु पोर्ना चक्माको पासमा मारिया मान्दाको टप कर्नर लामो दूरीको प्रहारलाई अन्जिलाले सुन्दर बचाउ गरिन् ।

निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा रितुको दर्शनीय गोलमा बंगलादेशले खेलमा पुनः अग्रता लियो । लेफ्ट साइबाट रितुले गरेको लेफ्ट फुटेड प्रहारले अन्जिलालाई बिट गर्दै दोस्रो बारको जाली चुमेको थियो ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा नेपाली महिला टोलीको १२औं हार हो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||