चैत्र ९, २०८२ सोमबार | २०:०८:२८
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित

फाइल तस्विर

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलको पहिलो हाफ गोलरहितमा समाप्त भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा दुबै टोलीले सुनौलो अवसरमा गोल गर्न सकेनन् ।

खेलको दोस्रो मिनेटमा नेपाललाई भाग्यले साथ दिदाँ बंगलादेशले अग्रता लिन सकेन । रक्षक गीता रानामगरले अनियन्त्रित बल प्रहार गर्दा बंगलादेशी कप्तान सवीना खातुनले उक्त बल भेट्टाएकी थिइन् । कुनै पनि निगरानीमा नरहेकी सवीनाले बक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । पछि रिबाउन्डमा सवीनाले हेडरमार्फत बललाई पोस्टको दिशा दिइन् । जसलाई नेपाली कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाले सहजै नियन्त्रणमा लिइन् ।

खेलको १०औं मिनेटमा नेपालले पहिलो अवसर सृजना गर्यो । तर, फरवार्ड सावित्रा भण्डारीको पासमा अमिषा कार्कीले बक्स नजिकैबाट गरेको राइट फुटेड प्रहार क्रस बारमा लागेर बाहिरिएपछि नेपालले अग्रता लिन सकेन । २८औं मिनेटमा सावित्राको सुन्दर पासलाई अमिषाले राम्रो टच दिन नसक्दा नेपाल सहज गोल गर्नबाट चुक्यो ।

खेलको ३३ओं मिनेटमा नेपाली मिडफिल्डर प्रीति राईले फरवार्ड समसुनुहार जुनियरलाई लडाएपछि बंगलादेशले बक्स नजिकै फ्रिकिक अवसर प्राप्त गर्यो । तर, मिडफिल्डर मोनिका चक्माको लेफ्ट फुटेड प्रहार आकाशिँदा नेपाली समर्थकले राहतको श्वास फेर्यो ।

बंगलादेश र नेपाल लगातार दोस्रो संस्करण साफ च्याम्पियनसिपको फाइनल खेल्दैछन् । दुई वर्षअघि यही मैदानमा बंगलादेशले नेपाललाई ३-१ को नतिजामा निराश पार्दै पहिलो पटक उपाधि जितेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो