माघ १८, २०८२ आइतबार | १५:०७:२१
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित

फाइल तस्विर

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलको पहिलो हाफ गोलरहितमा समाप्त भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा दुबै टोलीले सुनौलो अवसरमा गोल गर्न सकेनन् ।

खेलको दोस्रो मिनेटमा नेपाललाई भाग्यले साथ दिदाँ बंगलादेशले अग्रता लिन सकेन । रक्षक गीता रानामगरले अनियन्त्रित बल प्रहार गर्दा बंगलादेशी कप्तान सवीना खातुनले उक्त बल भेट्टाएकी थिइन् । कुनै पनि निगरानीमा नरहेकी सवीनाले बक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । पछि रिबाउन्डमा सवीनाले हेडरमार्फत बललाई पोस्टको दिशा दिइन् । जसलाई नेपाली कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाले सहजै नियन्त्रणमा लिइन् ।

खेलको १०औं मिनेटमा नेपालले पहिलो अवसर सृजना गर्यो । तर, फरवार्ड सावित्रा भण्डारीको पासमा अमिषा कार्कीले बक्स नजिकैबाट गरेको राइट फुटेड प्रहार क्रस बारमा लागेर बाहिरिएपछि नेपालले अग्रता लिन सकेन । २८औं मिनेटमा सावित्राको सुन्दर पासलाई अमिषाले राम्रो टच दिन नसक्दा नेपाल सहज गोल गर्नबाट चुक्यो ।

खेलको ३३ओं मिनेटमा नेपाली मिडफिल्डर प्रीति राईले फरवार्ड समसुनुहार जुनियरलाई लडाएपछि बंगलादेशले बक्स नजिकै फ्रिकिक अवसर प्राप्त गर्यो । तर, मिडफिल्डर मोनिका चक्माको लेफ्ट फुटेड प्रहार आकाशिँदा नेपाली समर्थकले राहतको श्वास फेर्यो ।

बंगलादेश र नेपाल लगातार दोस्रो संस्करण साफ च्याम्पियनसिपको फाइनल खेल्दैछन् । दुई वर्षअघि यही मैदानमा बंगलादेशले नेपाललाई ३-१ को नतिजामा निराश पार्दै पहिलो पटक उपाधि जितेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।