चैत्र १६, २०८२ सोमबार | ०९:०९:१९
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनल खेलका सबै टिकट विक्री भएको छ ।

एन्फाले बिहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सुचना निकालेसँगै बिहान ४ बजेदेखि नै भद्रकालीस्थित आर्मी गेटको काउन्टर र जावलाखेलस्थित फुटबल मैदानमा टिकट किन्न  बाक्लो संख्यामा दर्शक पुगेका थिए ।

बिहान ८ बजे भनेपनि व्यवस्थापकीय कमजोरीका कारण ९ बजेपछि मात्र टिकट विक्री सुरु भएको थियो । डेढ घण्टामै सबै टिकट सकिएको थियो ।

एन्फाले साधारणतर्फ १० हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गरेको थियो । साधारणतर्फ ५०० र भिआइपी १००० रुपैयाँ टिकट दर छ ।

साधारणतर्फ खल्ती एप्सबाट काटिएको ४ हजार ११७ वटा टिकटलाई मान्यता दिइएको थियो । बाँकी टिकट भने एन्फा आफैंले बेचेको थियो ।

लाइनमा लागेका दर्शकले टिकट नपाएपछि एन्फा नेतृत्वमाथि आक्रोश पोखेका थिए । एन्फाले भने अनुसार प्रति व्यक्ति अधिकतम २ भिआइपी र ५ साधारण टिकट विक्री गरिएको थियो ।

फाइनल नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ ६ः३० बजे सुरु हुँदैछ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमा टिकट विक्री गर्दै आएको माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट्सबाट अधिकार खोसेर २ ठाँउमा आफैं टिकट बेच्ने बताएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो