च्याम्पियन्स लिग

इन्टरलाई हराउँदै रियाल समूह विजेता

मड्रिड । इन्टर मिलानलाई हराउँदै २-० ले रियाल मड्रिड च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ को विजेता बनेको छ । 

समूह ‘डी’ बाट यसअघि नै रियाल र इन्टर अन्तिम १६ मा प्रवेश गरिसकेका थिए ।

रियालले ६ खेलमा १५ अंक जोड्दा इन्टरको समान खेलमा १० अंक रह्यो । तेस्रो स्थानको एफसी सेरिफको सात र चौथो स्थानको सख्तर डोनेट्स्कको दुई अंक रह्यो ।

१७औं मिनेटमा टोनी क्रुजले रियाललाई अग्रता दिलाए । ७९औं मिनेटमा मार्को एसेन्सियोले रियालको अग्रता दोब्बर पारे ।

समूह ‘डी’ को अर्को खेलमा सेरिफ र सख्तरले १-१ को बराबरी खेल्दै अंक बाँडे ।