चैत्र ८, २०८२ आइतबार | ०२:४३:५०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फा नेतृत्वलाई ‘फू गरेर’ ढाल्न सक्ने पूर्व अध्यक्ष थापाको चेतावनी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहितको नेतृत्व ‘तासको घरमा बसेको’ र फूर्ति गरे ‘फू गरेर ढालिदिने’ भन्दै पूर्व अध्यक्ष गणेश थापाले चेतावनी दिएका छन् ।

फेसबुकको रिलमा भिडियो पोष्ट गर्दै थापाले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलायतको वर्तमान नेतृत्व फुटबललाई ‘ध्वस्त बनाउने’ काममा लागेको र राम्रो गर्न सुझाव दिँदा आफूलाई उल्टो धम्की दिएको आरोप लगाएका छन् ।

‘तपाईहरुलाई मैले एकदमै बुझ्ने भाषामा भन्छु । तपाईहरु अहिले तासको महलमा बस्नुभएको छ । खुब रमाइरहनु भएको छ । तर गणेश थापाले एकपटक फू गरिदियो भने तपाइहरु ढल्नुहुन्छ । यो सबै फुटबलसँग आबद्ध रहेका साथीहरुले बुुझ्दा हुन्छ । मसँग सम्पूर्ण प्रमाणहरु छन्,’ एन्फा नेतृत्वलाई सम्बोधन गर्दै थापाले भिडियोमा भनेका छन्, ‘र गणेश थापाले हामीलाई धम्की दियो भन्ने ठान्नुभएको छ भने यो धम्की नै सही । मेरो तपाइहरुलाई चुनौती छ, गणेश थापा फू गरेर हामीलाई ढाल्दे भन्नुस । प्रमाणसहित विभिन्न निकायमा पठाइदिएँ र पत्रकार सम्मेलनमा जानकारी गराएँ भने तपाईहरुलाइ कसैले पनि बचाउन सक्दैन ।’

एन्फा नेतृत्वले आफूलाई सिध्याइदिने धम्की दिएको थापाले भिडियोमा बताएका छन् । एन्फा प्रशासनमा नफर्किने पहिल्यै घोषणा गरिसकेको बताउँदै थापाले कसैले आफ्नो केही विगार्न नसक्ने दाबी गरे । उनले आफू कसैको विरोधमा भन्दा पनि नेपाली फुटबलको वर्तमान अवस्थाबाट चिन्तित रहेको र त्यही विषयमा आवाज उठाएको बताए ।

वर्तमान एन्फा नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त हुँदा सिस्नेरी एकेडेमीमा ६ बालकले अकालमा ज्यान गुमाउनुपरेको, नेपाली फुटबल विग्रिएको, खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरु बेरोजगार भएको, फुटबलका गतिविधि नियमित नभएको थापाको आरोप छ ।

‘नेपाली फुटबललाई ध्वस्त बनाउने नायक वर्तमान एन्फा अध्यक्ष र पटक पटक विदेश घुम्ने, आफ्नो तलब सुविधा बढाउने केही पदाधिकारीको कुरा सु्न्दा मलाई हासो उठछ । हामी गणेश थापालाई सिध्याइदिन्छौं, यसो गर्छौ उसो गर्छौ भनेको सुनेको छु । मलाई के गर्नुहुन्छ तपाईहरुले ? म त एन्फामा फर्किने होइन भनेर पहिल्यै घोषणा गरिसकेको छु,’ थापाले भिडियोमा भनेका छन्, ‘मेरो चिन्ता, चासो भनेको त नेपाली फुटबल खत्तम भयो । खेलाडीहरु, प्रशिक्षकहरु, रेफ्रीहरु सबै बेरोजगार हुन थाले । फुटबलको गतिविधिहरु नियमित हु्ँदैन । विगतमा खेलाडीले पाउँदै आएका पुरस्कारहरु दिन छाडियो । भनेपछि त्यही विषयमा मैले आफ्नो आवाजहरु उठाइराखेको न हो ।’

एन्फा नेतृत्वको लापरवाहीका कारण सिस्नेरी एकेडेमीमा ६ जना बालकको ज्यान गएको तर्क गर्दै थापाले थपे, ‘तपाईहरु आफ्नो स्वार्थको लागि कतिसम्म गलत काम गर्नुहुन्छ भन्ने कुरा त भर्खरै सिस्नेरी जस्तो ठाउँमा एकेडेमी स्थापना गर्नुभयो । के त्यो ठाउँ उपयुक्त थियो ? किन लगियो ? तपाईहरुले लापरवाही गरिदनुुभयो । ६ जना बच्चाहरुको अकालमा मृत्यु भयो ।’

भिडियोको अन्त्यमा थापाले एन्फा नेतृत्वसँग अझै राम्रो काम गर्नका लागि समय बाँकी रहेको कारण त्यसतर्फ लाग्न सुझाएका छन् । ‘गणेश थापालाई सियाउछु भनेर चाँही लाग्नुभन्दा अझै पनि समय बाँकी छ, नेपाली फुटबललाई कसरी राम्रो गर्न सक्नुहुन्छ त्यसतर्फ लाग्नुहोस भन्ने मेरो सुझाव सल्लाह छ । त्यसतर्फ लाग्नुहोस धन्यवाद’ थापाले भनेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो