इटालियन सिरी ए

युभेन्टसको सहज जित

मिलान । जिनोवामाथि २-० को सहज जितसहित युभेन्टस आइतबार इटालियन सिरी ‘ए’ को पाँचौ स्थानमा उक्लिएको छ ।
युभेन्टसको जितमा पाउलो डिबाला र क्वार्डाडोले समान एक गोल गरे ।

नवौं मिनेटमा क्वाडार्डोको गोलमा युभेन्टसले अग्रता लियो । ८२औं मिनेटमा डिबालाले युभेन्टसको अग्रता दोब्बर पारेका थिए ।

 सिरी ‘ए’ को पछिल्लो पाँच खेलमा चार खेल जिते पनि पाँचौ स्थानको युभेन्टस चौथो स्थानको एट्लान्टा भन्दा अझै सात अंकले पछि छ ।

१६ खेलमा ३८ अंक जोडेको एसी मिलान शीर्ष स्थानमा छ भने समान खेलमा ३७ अंक बटुलेको इन्टर मिलान दोस्रो, ३६ अंकसहित नेपोली तेस्रो स्थानमा र ३४ अंक जोड्दै एट्लान्टा चौथो स्थानमा छ । 

युभेन्टसको भने समान खेलमा २७ अंक रहेको छ ।