इङ्लिस प्रिमियर लिग

युनाइटेडमा राल्फ रागनिकको सुखद सुरुआत

लन्डन । फ्रेडको निर्णायक गोलमा गोलमा म्यानचेस्टर युनाइटेडले नव नियुक्त अन्तरिम प्रशिक्षक राल्फ रागनिकको प्रशिक्षणमा विजयी सुरुआत गरेको छ ।

आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा इङ्लिस प्रिमियर लिगमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १-० ले हराएको हो । फ्रेडले ७७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई  स्पष्ट तीन अंक दिलाए ।

प्यालेसमाथिको जितले युनाइटेडको शीर्ष चारमा बस्दै च्याम्पियन्स लिगको टिकट काट्ने सम्भावना कायम राखेको छ  । प्यालेसको भने पछिल्लो चार वर्षमा युनाइटेडसँगको यो पहिलो हार हो ।

१५ खेलमा २४ अंक बटुलेको युनाइटेड छैटौं स्थानमा छ भने समान खेलमा २५ अंक जोडेको टोटनहम पाँचौ स्थानमा छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ११ अंकले पछि छ ।

प्रियिमर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले निराश पारेको हो । त्यस्तै एस्टन भिल्लाले लेस्टर सिटीलाई २-१ ले पराजित गर्यो ।