काठमाडौं । कप्तान लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत भेनेजुएला र बोलिभियाविरुद्धको खेलका लागि टोली घोषणा गर्दा मेसीलाई पनि समेटेका छन् ।
अर्जेन्टिनाले अक्टोबर १० मा भनेजुएला र १५ मा बोलिभियाको सामना गर्नेछ ।
कोपा अमेरिकाको फाइनलमा कोलम्बियाविरुद्धको खेलमा चोट लागेका कारण मेसीले विश्वकप छनोटका पछिल्ला दुई खेल गुमाएका थिए । उनी कोलम्बिया र चिलीविरुद्धको खेलमा देखिएका थिएनन् ।
अर्जेन्टिना १८ अंकका साथ दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ ।
अर्जेन्टिनाको टोली
गोलकिपरः जेरोनिमो रुल्ली, वाल्टर बेनिटेज, जुआन मुसो।
रक्षकः गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्ड्रो मार्टिनेज, निकोलस ओटामेन्डी, जर्मन पेजेला, लियोनार्डो बलेर्डी, मार्कोस अकुना, निकोलस टाग्लियाफिको
मिडफिल्डरः रोड्रिगो डी पल, एलेक्सिस म्याक एलिस्टर, लिआन्ड्रो परेडेस, एन्जो फर्नान्डेज, जिओवानी लो सेल्सो, थियागो अल्माडा, गुइडो रोड्रिग्वेज, निको पाज
फरवार्डः लियोनल मेसी निकोलस गोन्जालेज, लाउटारो मार्टिनेज, अलेजान्ड्रो गार्नाचो, जुलियन अल्भारेज, भ्यालेन्टीन कार्बोनी, भ्यालेन्टीन कार्बोनी, पाउलो डिबाला