काठमाडौं । नेपाली राष्ट्रिय यु-१६ महिला फुटबल टोलीले भुटानविरुद्ध लज्जास्पद हार बेहोरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा भुटानले नेपालविरुद्ध ५-१ गोल अन्तरको फराकिलो जित हासिल गर्यो ।
पहिलो हाफमा ३-० को अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप दुई गोल गरेको हो । भुटानका लागि कुइदेन सोनाम सोग्याल र छिरिङ ल्हामोले समान दुई गोल गर्दा एक गोल युग्वेन सोमोको नाममा रह्यो ।
नेपालका लागि सवीना तामाङको गोल सान्त्वना बन्न पुग्यो ।
आइतबार भुटानी यु-१९ टोली र नेपाली यु-१९ टोलीबीच मैत्रीपूर्ण खेल हुनेछ ।
भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो