काठमाडौं । युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा बुधबार घरेलु टोली आरबी लाइजपजिगविरुद्ध ३ २ को रोमाञ्चक जित निकालेको छ ।
जितसँगै दुई खेलमा ६ अंक जोडेको युभेन्टस सातौं स्थानमा छ । पराजित दुवै खेलमा पराजित लाइपजिग विना अंक २९औं स्थानमा छ ।
रेडबुल एरिनामा युभेन्टसलाई जित दिलाउन डुसान भ्लाहोभिचले दुई र फ्रान्सिस कोन्सिकाओले एक गोल गरे । लाइपजिगका लागि दुवै गोल बेन्जामिन सिस्कोले गरे ।
खेलको ३०औं मिनेटमा सिस्कोको गोलमार्फत लाइपजिगले अग्रता लिएको थियो । ५०औं मिनेटमा भ्लाहोभिचले युभेन्टसका लागि बराबरी गोल गरे ।
गोलकिपर मिकेल डी ग्रिगोरियोले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि युभेन्टस १० खेलाडीमा समेटियो ।
६५औं मिनेटमा सिस्कोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा लाइपजिग २-१ ले अगाडि बढ्यो । तीन मिनेट पनि नै भ्लाहोभिले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टलाई २-२ को बराबरीमा ल्याए ।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कोन्सिकाओलेले गोल गर्दै युभेन्टसलाई ३-२ को रोमाञ्चक जित दिलाए ।