काठमाडौं । म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा मंगलबार स्लोभान ब्रिटिसलभाविरुद्ध ४-० को सहज जित निकालेको छ ।
पहिलो जितसँगै दुई खेलमा चार अंक जोडेको सिटी चौथो स्थानमा छ । दुवै खेलमा पराजित ब्रिटिसलभा विना अंक ३५औं स्थानमा छ ।
ब्रिटिसलभाको मैदान तेहेल्ने पोलमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगन, फिल फोडेन, एर्लिङ हालान्ड र जेम्स म्याकटीले गोल गरे ।
खेलको आठौं मिनेटमा गुन्डोगनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । सात मिनेटपछि फोडेनले टोलीको अग्रता दोब्बर बनाए ।
हालान्डले ५८औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । ७४औं मिनेटमा म्याकटीले गोल गर्दै सिटीलाई ४० को सहज जित दिलाए ।
लिग अन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा इन्टर मिलानले क्रेभन जेभड्डालाई ४-० तथा आर्सनलले पेरिस सेन्ट जर्मन ( पिएसजी) लाई २० ले पराजित गरे ।
भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1